
सरकारसँग वार्ता गर्न डाक्टर केसीका तर्फबाट ४ सदस्य वार्ता टोलीको घोषणा
काठमाण्डौ । स्वास्थ्य क्षत्रमा सुधारका लागि २४ दिन देखि अनसनरत डा गोविन्द केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्य वार्ता टोलीको घोषणा गरेको छ ।
सरकारले पनि डा. गोविन्द केसीसँग वार्ता गर्न अग्रसरता देखाएको छ । सरकारले बुधबार नै सत्याग्रहमा रहेका केसीसँग वार्ता गर्न तीन सदस्य सहितको वार्ता समिति गठन गरेको थियो ।
गोविन्द केसीको तर्फबाट सरकारसँग वार्ता गर्न बनेको टोलीमा डा अंजनी कुमार झा, डा लोचन कार्की, ओम प्रकाश अर्याल सदस्य रहेका छन् ।