इमाम काउन्सीलद्वारा राम मन्दिर विध्वंश गर्ने चेतावनी


भारत । भारतको पीएफआई इमाम काउन्सीलका साजिद रसादीले भर्खरै राम मन्दिरलाई कव्बा बनाउने धम्की जारी गरेको हो, अयोध्याको राम मन्दिर बिवाद शदियौं पुरानो सुनुवाई भएपछि गत वर्ष टुङ्गो लागेको हो ।

रामकालिन त्रेतायूग देखिका मुर्तिहरुको विनाश गर्दै त्यहाँ कव्बा बनाउने भनी धार्मिक हिंसा उकास्ने तवरले ‘इमाम काउन्सील’ले दिएको यस अभिव्यक्तिप्रति अहिले भारतीय मेडिया तथा समूदायहरु सबैको ध्यान तानिएको छ ।

साजिद रसादीले पीएफआई सदस्यलाई सम्वोधन गर्दै इमाम काउन्सीलको आधिकारिक वक्तव्य दिने क्रममा राम मन्दिर भएको ठाँउमा इस्लामहरुले आफ्नो झण्डा गाड्ने सोच बनाइसकेको बताएका हुन् । उनी इमाम काउन्सीलका उपसभापती पनि हुन् । अक्टोबर महिनामा त्रिभूवनाथापुरममा साजिद रसादीले दिएको यस घृणायुक्त (हेट स्पीच)को भिडियो भाइरल भएको हो । कव्बा बनाउँदा ३००० सनातन मूर्तिहरु नष्ट गरिएको र रातारात अल्लाहको नाममा गरिएको स्मरण गराँउदै साजिद रसादीले भोली अयोध्यामा पनि त्यहि नहोला भन्न सकिन्न भन्नेखालका धम्किपूर्ण भाषा प्रयोग गरेका छन् ।

के भने रसादीले?
“इश्लाम भन्छ कि एउटा मस्जिद हमेशा एउटा मस्जिद नै हुनेछ । यसलाई अन्य केही बनाउनका लागि तोड्न सकिनेछैन । हामी मान्छौं की यसको अस्तित्व थियो, तथा हमेशा एउटा मस्जिद रहनेछ । मन्दिरलाई ढालिसके पश्चात् मस्जिदको निर्माण गरिएको थिएन, तर अब मस्जिद बनाउनका लागि मन्दिर भत्काउन सकिन्छ ।”

सर्वोच्च अदालतले ७० वर्ष देखि टुङ्गो नलागेको बावरी मस्जिद र राम मन्दिर काण्डलाई गतवर्ष नोभेम्बरमा निर्णय गरेको र अगस्त देखि सर्वोच्चको फैसला अनुरुप त्यहाँ पवित्र राम मन्दिर र धार्मिक क्षेत्रहरुको निर्माण नै शुरु भइसकेको छ ।

सम्बन्धित समाचार

‘सबैको राम, सबैमा राम’ : अयोध्यामा श्रीराम मन्दिरको भूमीपूजा सम्पन्न


Loading comments...