Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार
sajha party

साझा पार्टीको केन्द्रीय समितिमा ३७ जना थपिए

२२ आश्विन २०७७, बिहीबार १६:०९

लोकप्रिय

काठमाडौं । साझा पार्टीले केन्द्रीय समिति पुनर्गठन गरेको छ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्र विहिबार एक विज्ञप्ती जारी गर्दै केन्द्रिय समिति पुनर्गठन गरीएको जनाएका हुन् ।

साझा पार्टीले सातै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर आफ्नो केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको छ, जसमा मूलतः युवाहरू रहेका छन्। गत फागुनमा लुम्बिनीमा भएको राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेको थियो।

आफ्नो राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अझ व्यापक र विस्तारित गर्दै पार्टी निर्माणको अभियानलाई सुदृढ गर्न केन्द्रीय समिति पुनर्गठन गरिएको उक्त विज्ञप्तीमा जनाइएको छ। यो पुनर्गठनसँगै साझा पार्टी आफ्ना राजनीतिक मुद्दा र विचार बोकेर देशभरी नै विश्वासिलो विकल्पका रूपमा जनता माझ जाने जनाइएको छ ।

नयाँ जोडिएका ३७ जना सदस्यमा १० जना महिला रहेका छन्। यद्यपि, समय दिएर अग्र पंक्तिको राजनीतिक नेतृत्व लिन चाहने महिला लगायत विभिन्न समावेशी समूहका सदस्यको अझै पनि पार्टीले अभाव महसुस गरिरहेको जनाएको छ । साझा पार्टी महिला तथा समावेशी नेतृत्वलाई व्यापकरूपमा प्रवर्द्धन गर्न चाहेको बताइएको छ । अतः उक्त विज्ञप्ति मार्फत पार्टीको महिला लगायत सबै समावेशी समूहका सदस्यलाई वैकल्पिक र सुसंस्कृत राजनीतिको हाम्रो अभियानमा संलग्न हुन आह्वान समेत गरेको छ ।

केन्द्रीय समितिको पुनर्गठन सँगसँगै हामीले आफूलाई वैकल्पिक राजनीतिको गुरूत्वशक्ति बनाउने उद्देश्यका साथ समान विचार र उद्देश्य भएका राजनीतिक पार्टी, समूह र अभियानहरुसँग समेत पार्टी एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु गरेको समेत बताएको छ । देशमा परिणाममुखी लोकतन्त्र, सुशासन, विकास र संवृद्धि सुनिश्चित गर्ने हो भने अब फरक धारबाट अगाडि बढेका पछिल्ला राजनीतिक प्रयत्नहरुलाई एकिकृत गर्नुपर्छ भन्ने पार्टीको ठहर बताएका छ । नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरुको एकता आजको आवश्यकता भएको मिश्रले उल्लेख गरेका छन्।

“राजनीतिलाई नयाँ दिशा दिने समय घर्किँदै गइरहेको छ।” उक्त विज्ञप्तीमा जनाईको छ “अब ढिलो गर्नु हुदैन र राजनीतिक विकल्प निर्माण गर्न सम्पूर्ण प्रयत्नहरू एकीकृत गर्नुपर्छ भन्ने हाम्रो विश्वास हो। त्यसका लागि देश-विदेशमा रहेका विभिन्न अभियान तथा नागरिक समूहहरू, पुराना दलका इमानदार, कर्मठ र देशभक्त नेता, सदस्य तथा शुभेच्छुकहरू सबैलाई एक जुट हुन हामी हार्दिक आह्वान गर्दछौँ।”

साझा पार्टीको केन्द्रीय समितिमा जोडिएका नयाँ सदस्यहरूको नामावली
महेन्द्र थापा, अमलेश कर्ण, धनपति महतो, सुमनकुमार मिश्रा, दिव्येश गिरी, मुरली मनोहर मिश्र, अनुपा श्रेष्ठ, पुष्पा सापकोटा, सुरज प्रधान, प्रदिप थापा, भुपेन्द्र बस्नेत, अमृत पुडासैनी, दीपक पौडेल, हरि प्रसाद गौतम, अर्जुन प्रसाद खनाल, नवराज थापा, हरिकृष्ण अधिकारी, इन्दिरा वाग्ले शर्मा, मधुसुदन केसी, केशब बहादुर मल्ल, सुशील राज देबकोटा, घनश्याम विश्वकर्मा, पवन मल्ल, संगीता श्रेष्ठ, लक्ष्मी शाही, दुज्जी चौधरी, घनबहादुर शाह, सरोज गौतम, प्रकाश आचार्य, पवित्र थापा, सस्मित पोखरेल, संजय बराल, आशिष रेग्मी, दिपक उप्रेती, विणा शाह, शारदा रिजाल र लक्ष्मी घिमिरे।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रमुख सचिव र सचिवहरूलाई ६१ बुँदे निर्देशन दिदै प्रदेश भित्र कर्मचारीतन्त्र अटेरी रहेको टिप्पणी गरेको

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री

काठमाडौं, १४ पुस । सत्तारुढ दलहरुले सरकारको साझा न्युनतम कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेको छ

काठमाडौं – आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा