Lifestyle Portal
  •   १० आश्विन २०७८, आईतवार

गगन थापा भन्छन् -कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौं तर केही त गर्नुस् प्रमज्यू !

२२ आश्विन २०७७, बिहीबार १७:३८

काठमाडौं । गगन थापाले कोरोना विरुद्धको लडाईमा प्रधानमन्त्रीले केहि नगरेको आरोप लागाएका छन् । उनले आफ्नो सामाजिक संजालमा काठमाडौं बाहिरको परीक्षण घटाएकोमा असन्तुस्टी जनाएका छन् ।

काठामाडौंमा कोरोना संक्रमितलाई जटिल हुदा आइसोलेसनमा राखेर उपचार गर्ने बेड नभएको तथा सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै नभएको जनाएका छन् । उनले केही समस्या भइहाले के गर्ने भनेर सबैमा अलमल परेको बताएका छन् ।

उनले अहिले कोरोना संक्रमीतको संख्या बढ्दै जाँदा सरकारले केहि नगरेको जनाउदै सामाजिक संजालमा यस्तो पोस्ट गरेका छन्

एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ।अर्कोतर्फ काठमाडौँमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ।केही समस्या भइहाले के गर्ने,सवैमा अलमल छ।

यो अवस्था आउन नदिन पूर्व तयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटक पटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन।समय,स्रोत,सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौँ। टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ।

यो बेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन।अहिले मन्त्रीमण्डल भागबन्डाबारे होइन,संकटबारे छलफल गर्नुस्।बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन,वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस्।कोभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छौं तर केही त गर्नुस् प्रमज्यू !

सम्बन्धीत समाचार

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

गोर्खा । १४औं महाधिवेसनअन्तर्गत गोरखामा पालिकास्तरीय अधिवेशन सकिएको छ । शनिबार केही पालिकामा सर्वसम्मत र कतै मतदानमार्फत नेतृत्व छनौट गरिएको

खोटाङ, न्युजकारखाना । खोटाङका चार पालिकामा सर्वसहमतीमा कांग्रेस नगरसभापति चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये शनिबार भएको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत

पोखरा । नेपाली कांंग्रेसको १४औं महाधिवेशनअन्तर्गत हिमाल पारिको जिल्ला मनाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार चार

खड्क सुनार/न्युज कारखाना, मुगु । नेपाली कांग्रेस मुगु ‘क’बाट युवा नेतृ रामदेवी खड्काले क्षेत्रीय उपसभापतिमा दाबी गरेकी छन् । उनले