
निजगढ निर्माणका लागि अस्वीकार गरेको जुरिचले उत्तर प्रदेशमा बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदै
२३ आश्विन २०७७, शुक्रबार १३:१६
भारत । उत्तर प्रदेशमा एक बृहत अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि स्विट्जरल्यान्डको जुरिच अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्झौता भएको छ । विश्वकै एक उत्कृष्ट विमानस्थल जुरिचले यसअघि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अस्वीकार गरेको थियो ।
उत्तर प्रदेश सरकारले जेवरमा नोयडा अन्तर्राष्ट्रिय विमानस्थल विकास गर्नका लागि जुरिच अन्तर्राष्ट्रिय विमानस्थलसँग बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । चार चरणमा बन्ने यो विमानस्थलको यात्रु क्षमता सात लाख रहने बताइएको छ । उत्तर प्रदेशका मुख्य सचिवले विश्वस्तरका सबै सुविधानहरु विमानस्थलमा रहने बताएका छन् ।
नेपालले निजगढ विमानस्थलका लागि जुरिचलाई आग्रह गरे पनि अस्वीकार गरेको थियो । तर, जुरिचले भारतको उत्तर प्रदेशको जेवरमै बृहत अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि भने तयार भउको हो । निजगढ विमानस्थल निर्माणका क्रममा ठूलो जंगलको विनाश गरिने भन्दै विवाद सिर्जना भएको छ ।
UP govt signed a concession agreement with Zurich International Airport to develop a Noida International Airport in Jewar
“It’ll be constructed in 4 phases & will have capacity to handle 700 lakh passengers. It’ll have all the world class facilities,”says Additional Chief Sec pic.twitter.com/IPJePRH7If
— ANI UP (@ANINewsUP) October 7, 2020
यसअघि कोभिड-१९ का कारण हवाई क्षेत्रमा ठूलो संकट सिर्जना भएको भन्दै जुरिचले लगानी बोर्डलाई निजगढ निर्माणका लागि प्रस्ताव पठाउन अस्वीकार गरेको थियो । सरकारले आफ्नो नीति तथा कार्यक्रममा यही वर्षदेखि निजगढ निर्माणको काम अघि बढाउने बताए पनि जुरिचले पनि चासो नदेखाएपछि निर्माण प्रक्रिया अन्योलमा परेको छ ।
उत्तर प्रदेशमै बृहत अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि निजगढ विमानस्थलको प्रभावकारिता कम हुनेसमेत बताइएको छ ।
कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्धका कारण स्वीस कम्पनी जुरिचका अधिकारीहरु दिल्ली आउन समय लागेको सम्झौतामा हस्ताक्षर गर्न केही ढिलाइ भएको बताइएको छ । उक्त विमानस्थल निर्माणका लागि करिब ५ हजार हेक्टर जमिन आवश्यक पर्ने र आठवटा रनवे हुने जनाइएको छ ।
यो पहिलो चरणको काम सन् २०२३ सम्म सन्पन्न गर्ने गरी उत्तर प्रदेशसँग जुरिचको सम्झौता भएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ, १९ पुस : काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली
एजेन्सी सेनेगल, १९ पुस सेनेगलका दुई विपक्षी सांसदलाई बजेटको बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा ६ महिनाको जेल