
फिसीङ स्क्याम भएको भन्दै इसेवा द्वारा आफ्नो ग्राहकलाई पासवर्ड परिवर्तन गर्न अनुरोध
२३ आश्विन २०७७, शुक्रबार १६:३१
काठमाडौं । इसेवा द्वारा आफ्नो ग्राहकलाई पासवर्ड परिवर्तन गर्न अनुरोध गरेको छ ।
इसेवाका केही ग्राहकसँग सम्बन्धित जानकारी सामाजिक संजालमा राखि इसेवा हृयाक भयो भन्दै गलत तथा भ्रामक जानकारी फैलाइएकोमा भन्दै इसेवा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभिन्न फिसीङ स्क्याम सञ्चालन गरी संकलन गरिएको डाटा तथा सामाजिक संजाल र अन्य स्रोतहरूबाट उपलब्ध डाटाहरुको दुरुपयोग गरेका इसेवाले जनाएको छ ।
ग्राहकसँग सम्बन्धित विवरणमा अनधिकृत पहुँच स्थापना गरेको जानकारीमा आएको हुनाले पूर्व सावधानीको लागि वेब ब्राउजरबाट इसेवा प्रयोग गर्ने ग्राहकलाई पासवर्ड परिवर्तन गर्न अनुरोध गरेको हो ।
इसेवा इन्टरनेशनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन (आइएसओ) २०००१ः २०१३ प्रमाणपत्र प्राप्त संस्था हो। इसेवाले प्रदान गर्ने सेवा, ग्राहक सम्बन्धि जानकारी र यसले प्रयोग गर्ने प्राविधिक अनुसार संरचनाहरु गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय छन् भन्ने कुरामा सम्पूर्ण सेवाग्राहीलाई ढुक्क हुन इसेवाले अनुरोध गरेको छ।
इसेवाले स्थापनाकाल देखि नै साइबर सुरक्षालाई ध्यान दिदै आएको र सोही अनुसार संरचनाहरु निर्माण गरेको हुनाले सेवा सुरक्षित र गुणस्तरिय छ भन्ने कुरामा विश्वस्त भएको बताएको हो । तथापि साइबर सुरक्षाको चुनौतीलाई ध्यान दिदै विषेश गरि आफ्नो पासवर्ड, ओटीपी लगायत अन्य जानकारी गोप्य राख्न र पासवर्ड बेला बेलामा परिवर्तन गर्न ग्राहक वर्गहरुलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
एजेन्सी न्युयोर्क, १९ पुस अमेरिकी अन्तरिक्ष निकाय नासाले भर्खरै नयाँ कक्ष सुरु गर्दा सूर्यको अनौठो र सुन्दर तस्बिर सेयर गरेको
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा
महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत
काठमाडौ – काठमाडौ क्षेत्र नम्बर १ का घण्टिबहाक उम्मेदवार पुकार बमलाइ भोट माग्न चलचित्र निर्देशक प्रदिप भट्टराई र निर्माता रविन्द्र