चाडै कोरोनालाई पराजित गर्नेछु- हरीवंश आचार्य


काठमाडौं । हरीवंश आचार्यले चाडै कोरोनालाई पराजित गरेर फर्कने जनाएका छन् । उनले आफ्नो सामाजिक संजालमा लेख्दै सम्पर्कमा आएका सबैको रीपोर्ट नेगेटिभ आएको बताएका हुन् ।

“म सँग धेरै नै नजिकमा संपर्कमा रहिरहने मदन दाई, घरमा छोरा बुहारी सब्बैको रिपोर्ट नेगेटिभ आएकोले धेरै हलुका महसुस भएको छ ।” उनले लेखेका छन् “म र श्रीमती घरमा केही पनि लक्षण बिना होम आइसोलेसनमा मै छौ । तपाईंहरुको अशिर्बादले मनोबल निक्कै उच्च छ । चाडै कोरोनालाई पराजित गर्नेछु । तपाईंहरु पनि सुरक्षित रहनुहोला धन्यवाद ।”

गत मंगलवार उनले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए । सामान्य लक्षण देखिए पछि आचार्य र उनकी श्रीमती रमिलाले पिसिआर टेस्ट गरेको र मंगलबार आएको रीपोर्टमा उनीहरु दुबैलाई कोरोना संक्राण भएको जनाएको थिए ।

 

कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण, श्रीमती रमिला पनि पोजेटिभ


Loading comments...