Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार
kautelya

महान दार्शनिक चाणक्यका प्रेरणादायी भनाइहरु

४ कार्तिक २०७७, मंगलवार ०६:१६


चाणक्यलाइ कौटिल्य, कौटल्य आदि नामले चिनिन्छ । लगभग  इसा पूर्व ३७०–२८३ मा जन्मेका चाणक्य महान दार्शनिक, राजनीतिज्ञ, कुटनीतिज्ञ जस्ता विभिन्न नामहरुले चिनिन्छ । उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए । अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ ।

विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ । बुद्धघोषद्वारा बनाइएको विनयपिटकको टीका तथा महानाम स्थविर रचित महावंशको टीकामा चाणक्यको वृत्तान्त दिइएको छ । चाणक्य तक्षशिला (वर्तमान समयमा पाकिस्तानको रावलपिण्डी नजिक) का निवासी थिए । वहाँको जीवनका घटनाहरूको विशेष सम्बन्ध मौर्य चन्द्रगुप्तको राज्यप्राप्तिसँग रहेको छ । वहाँ त्यस समयका एक प्रसिद्ध विद्वान थिए । वहाँको जीवन निकै सरल थियो भन्ने गरिन्छ वहाँ राजसी ठाट-बाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे ।

कौटिलीय अर्थशास्त्रको आर्थिक दर्शनका योगदानबारे प्रशंसा गर्दै रोजर बोशेले लेखेका छन्– “ओक्लाहोमा फांटको एक्लो हिमालय शिखर टक्क उभिए झैं हिन्दु दर्शनको फाटमा कौटिलीय अर्थशास्त्र एक्लै सगरमाथा झैं सिर ठडाएर उभिएको प्रतीत हुन्छ किनभने यस दर्शनको सामान्य लक्ष्य राजनीति र शक्ति सञ्चय गर्नु होइन, मोक्ष प्राप्त गर्नु हो…।”  उनै महान दार्शनिकका प्रेरणादायी भनाइहरु यस प्रकार छन

-ज्ञान भन्दा ठूलो अर्को कुनै गुरू हुँदैन ।
– गुरू, मूर्ख, मित्र र स्वजनहरूसित बुद्धिमान व्यक्तिले व्यर्थ विवाद गर्नुहुदैन ।
– जो आरूको कल्याणको लागि काम गर्छ त्यही सत्पुरूष हो ।
– चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसै गरी सज्जनले प्राणामाथी दया गर्नुपर्दछ ।
– भोको भए पनि बाघले घास खादैन ।
– अधिक लोभ अधिपतनको कारण हो ।
– आफ्नो इच्छाअनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।
– धनरहीत हुदैमा कसैलाई पनि निर्धन मान्न सकिदैन ।
– अपमान सहेर बाँच्नुभन्दा पैतलाको धुलो उत्तम हुन्छ ।
– सुन्दर रूप, तरूण अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।
– मानिस असल गुणले उत्तम हुन्छ न की उच्च आसनमा बसेर, महलको छानामा बस्दैमा काग गरूढ बन्छ र ?
– आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,