Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

२० वर्षीया महिला बेचविखन गरेको आरोपमा एकजना पक्राउ

२५ आश्विन २०७७, आईतवार १८:१९


काठमाण्डौ । विभिन्न प्रलोभनमा पारी २० वर्षीया महिलालाई भारत लगी बेचबिखन गरेको अभियोगमा काठमाडौं नयाँबस्ती बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ घर भएका ५२ वर्षीय टाउटाउ तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई विभिन्न प्रलोभन देखाई भारतमा लगी बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

तामाङ उपर मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार थप अनुसन्धान हुने उक्त प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस