शिक्षा मन्त्री गीरीराजमणी पोखरेललाई कोरोना


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ।

पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए।

मन्त्री पोखरेलका प्रेस सहयोगी सुनिल खड्काले अहिले मन्त्री पोखरेल पाटन अस्पतालमै भएको लाइभमाण्डुलाई जानकारी दिए ।
सामान्य ज्वरो आए पछि हिजो पोखरेल पाटन अस्पताल गएका र स्वाब परीक्षण गर्दा आइतवार रिपोर्ट पोजेटिभ देखिएको हो ।


Loading comments...