Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार
the voice of nepal

यस्तो हुदै छ, द भ्वाइसको सेमिफाइनल

२२ मंसिर २०७५, शनिबार १९:०४


यहाँहरुको घरदैलोमा द भ्वाइस अफ नेपालले आफ्नो कार्यक्रम अनि आवाज मार्फत संगीतको एउटा तरंग गुञ्जायमान गर्न थालेको केही महिना भइसक्यो । हरेक हप्ता शनिबार र आइतबार कान्तिपुर टिभीमा आउने यस कार्यक्रम द भ्वाइस अफ नेपाल आजबाट २९ औं श्रृखलामा प्रवेश गर्दैछ ।

आज द भ्वाइस ले आफ्ना टप ८ सेमीफाइनलीस्ट पाँउदैछ अनि आजको श्रृखला यस अर्थमा पनि बिशेष छ कि आज द भ्वाइसको ८ जनै सेमीफाइनलीस्ट एकै पटक मञ्चमा झुल्किएर गीत गाउने छन् । अहिलेसम्म द भ्वाइसका श्रृखलाहरुमा यति धेरै ट्यालेन्टहरु एकै मञ्चमा उभिएर गीत गाएका थिएनन् ।
सेमिफाइनलको लागि टिप प्रमोदबाट शुशिल गड्तौला, सिर्जय थपलिया सुरक्षित भएका छन,त्यसैगरी टिम दिपबाट सि।डि।बिजय अधिकारी र बिबेक वाइवा लामा सेमिफाइनलमा प्रवेश गरेका छन् । टिम सनुपबाट सप्तक दुतराज र टिम अभाया बाट शेर्या राई सेमिफाइनलको यात्रामा निरन्तरता पाएका छन् ।
आजको श्रृखंलाबाट टिम सनुप र टिम अभायाबाट थप एक (एक ट्यालेनटहरु सेमिफाइनलको लागि समावेश हुनेछन् अघिल्लो श्रृखंलामा टिम अभायाबाट अनु शाक्य र कुशल आचार्य तथा टिम सनुपबाट विद्या तिवारी र शैलेश्वरी आर।एल।सिह ले आफनो प्रस्तुति प्रस्तुत गरेका थिए ।

नेपालका कुना कन्दरा देखि छिमेकी राष्ट्र अनि बिदेशमा बस्ने नेपालीहरु पनि सगौरब भाग लिन आएका यस द भ्वाइस अफ नेपालको आजका टप ८ बाट भोलीसम्म यहाँहरुको मतका आधारमा टप ४ जना चयन गरिनेछ ।
यसरी प्रत्यकक ोचको भागबाट १ जना ट्यालेन्ट आफ्नो दमदार आवाज बोकेर कतारको मञ्चमा चढ्नेछन् । द भ्वाइस अफ नेपालले आफ्नो फाइनल श्रृखला भनें कतारमा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै