ramesh paudyal bibeksheel nepali leader

बुढीगण्डकी कमिसन प्रकरणमा ओली, देउवा र प्रचण्डमाथि छानबिन गर – विवेकशील नेपाली दल


काठमाडौं । विवेकशील नेपाली दलका बागमती प्रदेश सभा सदस्य रमेश पौड्यालले बुढीगण्डकी कमिसन प्रकरणमा ओली, देउवा र प्रचण्डमाथि छानबिन गर्न माग गरेका छन् । उनले एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।

उनले जारी गरेको विज्ञप्ती यस्तो छ,

केही दिन अगाडि गोरखामा भएको एक कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘बुढी गण्डकी जलविद्युत् परियोजनामा प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र शेरबहादुर देउवाले नौ अरब ९रु। ९,००,००,००,०००० बाँडेर खाएको र परियोजना अलपत्र पारेको’ गम्भीर भ्रष्टाचारजन्य आरोप लगाएकाले यो प्रकरणको अविलम्ब छानबिन अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) लाई विवेकशील नेपाली दल आग्रह गर्दछ । ‘आफूसँग त्यसको प्रमाणसमेत रहेको’ बताएका पूर्व प्रधानमन्त्री भट्टराईलाई समेत ती प्रमाणहरू अदुअआमा बुझाएर अनुसन्धान कार्यमा सहयोग गर्न अनुरोध गर्दछौँ ।

साथै यस प्रकरणमा आरोपित व्यक्तिहरूमध्ये दुइ जना भूतपूर्व र एक जना बहालवाला प्रधानमन्त्री रहेका कारण व्यक्तिगत पहुँच तथा पदीय दुरुपयोग गरी प्रमाण नष्ट गरिन सक्ने तर्फ पनि अदुअआको ध्यान जानु जरुरी छ । यो विषय सामान्य अनुचित कार्य मात्र नभएर सार्वजनिक हित प्रतिकूलको विषय र राष्ट्रिय महत्त्वको विषय समेत भएकाले अदुअआले उच्च प्राथमिकतामा राखेर छानबिन अघि बढाउनु पर्दछ ।

एक अर्को प्रसङ्गमा अदुअआमा रिक्त प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त गर्ने विषयमा संवैधानिक परिषद्को अध्यक्ष र सदस्यको रूपमा क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलको नेता शेरबहादुर देउवाले आफ्ना विरुद्धको छानबिन गर्नका लागि कस्ता पात्रहरू कुन प्रक्रियाबाट छनौट गर्ने हुन् रु हरेक नेपालीले गम्भिरतापुर्वक हेर्नुपर्ने छ ।

रमेश पौड्याल
बागमती प्रदेश सभा सदस्य
नेता, विवेकशील नेपाली दल


Loading comments...