Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२६ आश्विन २०७७, सोमबार १९:३०


काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ बस्ने गोरखा, गोरखा नगरपालिका-६ घर भएका ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ जेठ ३० गतेको फैसलाले १५ दिन कैद र ३४ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवन रत्ननगरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

श्रेष्ठले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी एक महिलालाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नकालागि बिभिन्न बैंकहरुको चेक काटी दिएको घटनामा उच्च अदालत पाटनले श्रेष्ठलाई उक्त कैद तथा जरिवाना फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत चितवनमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न