Lifestyle Portal
  •   २७ बैशाख २०७८, सोमबार

सामाजिक सञ्जाल ईमो मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी ठगी गरेको अभियोगमा पक्राउ

२७ आश्विन २०७७, मंगलवार १८:१५

सुनसरी । सामाजिक सञ्जाल ईमो मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी नगद ठगी गरेको अभियोगमा सिरहा, सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनले शनिबार राति ईटहरि उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय पुरुषलाई ईमोबाट फोन गरी तपाईँ २०२० को ईमो लट्रि विजेता भई २५ लाख भारतीय रुपैयाँको हकदार हुनुभयो भन्दै नेपाल सरकारलाई टयाक्स वुझाउन भनि आईएमईबाट अरबिन्द्र कुमार कामतीको नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा सो रकम पाएको केही समयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रुपैयाँ दिनुपर्ने भयो सोही नाममा पठाउन लगाएको अनुसन्धानबाट खुल्न आएको छ । निज कामतीलाई आइतबार आइएमईबाट रकम लिई हिँडेको अवस्थामा सिरहामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । बैठकमा वीर अस्पतालको नयाँ भवनभरि कोरोना भाइरस संक्रमणबाट बिरामी भएका

काठमाडाैं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिड

गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरु सबै विवाह भोजमा

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले कोभिड-१९ विरुद्ध लड्न काभ्रेस्थित धुलिखेल अस्पताललाई एक करोड ३५ लाख रुपैयाँ दिने