चीनले मिचेको भूमी फिर्ता माग्दै ‘विश्व हिन्दू महासंघ’को र्‍याली


कपिलवस्तु । हुम्लामा चिनियाँपक्षद्वारा मिचिएको भूमी तथा नक्कली १२ नं. पिलरको विरोधमा कपिलवस्तुमा ‘विश्व हिन्दू महासंघ’द्वारा सरकारबिरुद्ध बिरोध प्रदर्शन भएको छ । उल्लेख्य संख्यामा उपस्थित नागरिकहरुद्वारा निकालीएको र्‍यालीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिहवाको कार्यालय अगाडी पुगेर बिरोध प्रदर्शन गरेको थियो ।

नेपाल विश्व हिन्दू महासंघ जिल्ला कार्य समितीको आयोजनामा जिल्ला प्रशासनको अगाडि बिरोध प्रदर्शन भएको हो ।

विभिन्न माग र नाराका साथ उनीहरु बिरोध प्रदर्शन गरेका थिए । मिचिएको नेपाली भूमी फिर्ता गर, चिनियाँ अतिक्रमण बन्द गर, चौतर्फी सीमा सुरक्षा सुनिस्चित गर, चिनियाँ बिस्तारवाद मुर्दावादका नारा लगाएका थिए ।

त्यस्तै कोरोना महामारीको नाममा हिन्दू धर्म संस्कृति माथी भइरहेका हस्ताक्षेपको पनि उक्त र्‍यालीले ब्यापक विरोध अभिवयक्त गरेका थिए । कोरोनाको बहाना दशैं तिहारलाई निशाना बनाउन पाइदैन, मुर्ति बनाइ पूजा अर्चना एवम् बिसर्जन रोक्न पाइदैन, हिन्दू मठ मन्दिर र चाड पर्वले मात्र कोरोना फैलिन्छ सरकार ? जस्ता नारा लेखिएका ब्यानरका साथ प्रदर्शन गरेका हुन् ।

प्रदेश महासचिव निरञ्जन यादवको उपस्थिति र उदयभन यादवको अध्यक्षतामा गरिएको उक्त प्रदर्शनमा यदि सरकारले समग्र माग पुरा नभएमा चरणबद्द आन्दोलन र प्रदर्शन गर्ने प्रदर्शनकारीहरुले चेतावनी समेत दिएका छन् ।


Loading comments...