
श्रृंखलाको हारमा पनि जीत लुकेको छ
२२ मंसिर २०७५, शनिबार २२:०६
चिनमा सम्पन्न भएको ६८ औँ विश्व सुन्दरी प्रतियोगिता मा यस पटक नेपाली चेली श्रृंखलाले सवैको ध्यान आँफु तर्फ केन्द्रित गर्न सफल देखिइन्। श्रृखला खतिवडा नेपाल मात्र नभई बिश्वभरि नै चर्चामा रहिन भन्दा फरक नपर्ला । उनको परिचयात्मक भिडीयो, उनका अन्र्तवार्ता, सामाजिक सञ्जालमा रहेको उनको लोकप्रियता साथै उनका बिभिद प्रस्तुतिहरु प्रशंसनिय मानिएका थिए । र्याम्पमा हिड्दा भनें उनको कपडाको छनौट अलिक हिँडाईमैत्री नभएको पाइयो ।
पेशागत रुपमा इन्जीनीयर भएर पनि मोडलीगंमा रुची राख्ने श्रृखलाले आफ्ना बारेमा आफ्नो परिचयात्मक भिडीयोमा धेरै कुरा खुलेर भनेंकी छिन् । अब उनी नेपाल फर्कदा मीस नेपाल श्रृखलामात्र हैन मीस वल्र्डमा टप १२ पुगेकी श्रृखला भएर फर्कदै छिन् । मीस मल्टीमिडिया र ब्यूटी विथ पर्पोजको ताजका साथ श्रृखला चीनको सान्याबाट स्वदेश फर्कनेछिन् ।
राजनैतिक परिवारमा हुर्किएकी चेली श्रृखलाको यस वर्षको यो जर्मकोमा बिश्वभरिका नेपालीहरुको साथ र सहयोग छ । एसिया प्यासिफीक देशहरुमा भारत र फिलीपीन्स जस्ता देशहरुका प्रतियोगीहरु पुग्न नसकेको ठाँउमा श्रृखलाले झण्डा गाडेकी छिन् ।
यसपालाको मीस वल्र्डको उपाधी भनें मेक्सिकोले जितेको छ । सुन्दर प्राकृतिक सम्पदाले सजिएको देशको रुपमा विश्वसामु परिचित देश नेपालालाई आफनो सुन्दरता अनि बौद्धिकताले पनि चिनाउन उनी सफल देखिइन् । सगरमाथाको देशलाई बिश्व सामु चिनाउने क्रममा यो उपलब्धीका लागि श्रृखलालाई बधाई अनि धन्यवाद । यसअघि ईशानी श्रेष्ठले पनि नेपालको तर्फबाट टप ६ सम्म मीस वल्र्डमा पुगेकी हुन् । नेपालका मीस वल्र्डका प्रतिनिधीहरु अब बिस्तारै बिश्व बजारमा सशक्त पाइन थालिएको छ । हामी त यही भन्छौं कि अब नेपालले मिस वल्र्ड उपाधी ल्याउने दिन धेरै पर छैन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । स्थानीय निर्वाचनमा सर्वाधिक लोकप्रिय तथा देशकै चासोको पात्र बनेका काठमाण्डौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहको घरमा नयाँ
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार