महिलाहरुका स्वास्थ्य सम्बन्धी मुद्दाहरु


महिलाहरुमा सामान्य रुपमा हुने स्वास्थ्य समस्याहरुलाई ध्यानमा राख्दै डब्ल्यूएचओ (WHO) जस्ता ठूला संस्थाहरुले यस सम्बन्धमा विशेष ध्यान दिन अपिल गरिरहेका हुन्छन् । महिलाहरुको स्वास्थ्यसँग सम्बन्धीत निम्नलिखित ११ मुद्दाहरुमा नेपाल लगायत विश्वभरका देशहरुमा ध्यान दिनुपर्ने देखिन्छ ।

डा. इर्शादूल हक
Medical Officer at Om Hospital & Research Center Pvt. Ltd

१) क्यान्सर
महिलाहरुमा दुई प्रकारका क्यान्सर (ब्रेस्ट तथा सर्वाइकल) हुने खतरा सबैभन्दा अत्याधिक रहेको छ । प्रत्येक वर्ष जारी हुने यससँग सम्बन्धीत तथ्याङ्कमा यदि ध्यान दिने हो भने तपाईंलाई थाहा लाग्ने छ की लगभग हरेक वर्ष ५ लाख महिलाहरु यि दुवै प्रकारका क्यान्सरका कारण जीवन गुमाउनु परेको छ । यदि यि क्यान्सरका लक्षण समय छँदै थाहा लाग्नसक्ने हो भने स्वस्थ्य हुने सम्भावना बढ्दछ । यसका लागि कैंयन महत्वपूर्ण विषयहरुमा विशेष रुपले ध्यान दिन आवश्यक देखिन्छः

  • ब्रेस्ट तथा सर्वाइकलमा हुने क्यान्सरका सम्बन्धमा आवश्यक जागरुकता बढाउनुपर्छ ।
  • क्यान्सरको स्क्रीनिङ तथा उपचारको लागि विशेष रोकथाम तथा सस्तो उपचार हुनुपर्छ ।
  • ह्यूमन पेपिलोमावायरस (एचपीवी) को खोपको सहज उपलब्धता तथा पहुँच हुनुपर्छ ।
  • ब्रेस्ट क्यान्सरमा मास्टेक्टमी (ब्रेस्टलाई काटेर हटाउने) सँग सम्बन्धित गलत बुझाईहरुलाई टाढा राख्नुपर्छ ।

२) प्रजननसँग सम्बन्धित जानकारीहरु
प्रजनन तथा त्यससँग सम्बन्धित कैंयन विषयवस्तुहरुमा अनेक अध्ययनहरु भइसकेका छन् । प्रजनन प्रणाली एउटा जटिल प्रक्रिया हो । त्यसो त यूटीआई तथा बैक्टीरियल संक्रमणले महिलाको गर्भधारण शक्तिलाई प्रभावित गर्दैन । तर, भविष्यमा यसका कैंयन दुश्प्रभाव समेत देखिन सक्छ । प्रजनन स्वास्थ्यसँग जोडिएका तथ्यहरुलाई बुझ्नका लागि निम्न विषयहरुमा ध्यान दिन आवश्यक छः

  • प्रजनन स्वास्थ्यका सम्बन्धमा फैलीएका हल्लाहरुबाट बचाउनुपर्छ ।
  • प्रजनन तथा त्यससँग सम्बन्धित स्वास्थ्य समस्याहरुका सम्बन्धमा आम मानिसहरुलाई जागरुक बनाउनुपर्छ ।
  • गर्भनिरोधहरुको प्रयोगका सम्बन्धमा जागरुकता तथा आम मानिसहरुसम्म यसको पहुँचलाई सहज बनाउनुपर्छ ।
  • केट्केटीलाई यौन शिक्षा तथा यससँग सम्बन्धी जानकारीहरु दिनुपर्छ ।

३) सम्बन्धित स्वास्थ्य जानकारीहरु
प्रसव अघि तथा प्रसवपछि हेरचाहबाटै नवजात शिशुको स्वास्थ्यलाई उत्तम बनाउनुका साथै विश्वस्तरमैं मातृ मृत्यु दरलाई न्यून गर्न सकिन्छ । यस सम्बन्धमा चिकित्सक/स्वास्थ्यकर्मीहरुको साथै साथीहरु तथा परिवारले गर्ने हेरचाहको एउटा ठूलो भूमिका रहेको हुन्छ । मातृ स्वास्थ्यलाई प्राथमिकता दिनका लागि निम्नलिखित कदम उठाउनुपर्ने देखिन्छः

  • प्रसव अघि तथा प्रसवपछिको हेरचाहका सम्बन्धमा उचित जानकारी दिनुपर्छ ।
  • गर्भावस्था अघि तथा गर्भावस्थाका क्रममा स्क्रीनिङ, परीक्षण तथा खोपको कार्यक्रमहरुको सस्तो पहुँचको व्यवस्था गरिनुपर्छ ।
  • पोषण, व्यायाम तथा मानसिक स्वास्थ्यको हेरचाहमाथि विशेष जोड दिनुपर्छ ।
  • गर्भपतनको स्थितीमा आमाको विशेष विशेष शारीरिक ध्यान तथा ख्याल राख्नुपर्छ ।
  • छोरीको जन्मसँग जोडिएका हल्ला, मिथ्या तथा पुरानो संकिर्ण सोचलाई हटाउनुपर्छ ।

४) एचआइभी / एड्स
जागरुकताको अभावमा यो रोगले विश्वभरी गतिका साथ आफ्नो पकड फैलाउँदै गइरहेको छ । ह्यूमन इम्यूनोडिफिशिएन्सी भाइरस (एचआइभी) को पहिलो घटना सार्वजनिक भएको तीन दशकपछि समेत यसको खतरालाई न्यूनीकरण गर्न सकिएको छैन । युवा महिलाहरुमा यसको संक्रमणको खतरा बढी रहेको छ । यौन शिक्षा, कण्डमजस्तो अत्यावश्यक कुरा सबैको पहुँचमा नहनु, साथै सुरक्षित शारिरिक सम्बन्धका बारेमा जानकारीहरुको अभावका कारण समेत यसको संक्रमणको फैलावट गतिका साथ भएको हो । मानिसहरुलाई जागरुक बनाउँदै यसको संक्रमण रोक्नका लागि व्यापक प्रयास गर्नुपर्ने आवश्यक्ता देखिएको छ ।

५) यौनसञ्चारित रोग
एचआइभी / एड्स तथा एचपीभी बाहेक, महिलाहरुमा गोनोरिया, क्लैमाइडिया और सिफलिस जस्ता यौनसञ्चारित रोगहरु हुने खतरा रहेको हुन्छ । तर, पुरुषहरुको तुलनामा महिलाहरुमा यसको स्पष्ट लक्षण देखिदैनन । त्यसकारण यसको सजिलै उपचार हुनसक्दैन । यसको संक्रमणबाट न केवल महिलाहरुको स्वास्थ्य समस्याहरुसँग सामना गर्नुपर्ने हुन्छ, साथै उनको प्रसव तथा शिशु स्वास्थ्यमा समेत जटिलता उत्पन्न हुनसक्छ । महिलाहरुमा एसटीआईबाट बच्नका लागि निम्नलिखित कदम उठाउनुपर्छः

  • यौन शिक्षालाई पाठ्यक्रममा संलग्न गरी उचित यस सम्बन्धमा जानकारी दिनुपर्छ ।
  • कण्डम, गर्भनिरोधकको उपयोगबाट यौनसञ्चारित रोगहरुलाई रोक्न सकिन्छ भन्ने जानकारी दिनुपर्छ ।
  • कण्डम, गर्भ निरोधकहरुको सहज उपलब्धताको सुनिश्चित गर्नुपर्छ ।

६) महिलाहरुसँग हुने हिंसालाई रोक्नु
डब्ल्यूएचओको रिपोर्टका अनुसार, ५० वर्ष भन्दा कम आयू भएको हरेक तीन मध्ये एक महिलालाई परिचित या किसी अञ्जानबाट यौन हिंसाको शिकार हुनुपरेको छ । हिंसा त्यो शारीरिक होस् या यौन प्रकृतिको, यसले महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य माथि गहिरो प्रभाव पार्दछ । यसलाई निश्तेज गर्नका लागि निम्न विषयहरुमा विशेष ध्यान देने की जरूरत है।

  • केटकेटीलाई यौन शिक्षा दिनुहोस् । पुरुष तथा महिलाहरु दुवैलाई यौन हिंसालाई रोक्ने सम्बन्धमा शिक्षित गर्नुपर्छ ।
  • प्रशासन तथा चिकित्सकहरुलाई महिलाहरुका साथ हुने हिंसाको सम्बन्धमा संवेदनशील बनाउनुपर्छ ।

७. मानसिक स्वास्थ्य
डब्ल्यूएचओको रिपोर्ट अनुसार अवसाद, चिंता तथा अन्य कैंयन किसिमका मनोदैहिक समस्याहरु महिलाहरुमा अत्यधिक देखिन्छन् । यस्तो अवस्थामा कहिले काँही मानसिक स्वास्थ्यमा दीर्घकालिक असर देखिन थाल्छ, जसले जीवनलाई प्रभावित गर्न सक्छ । यही कारण हो की महिलाहरुमा मानसिक स्वास्थ्यलाई लिएर विशेष ध्यान दिन आवश्यक पर्दछ ।

  • मानसिक स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरुका सम्बन्धमा कुराकानी गरेर त्यसको निदान तथा उपचारका सम्बन्धमा चिन्तन गर्नुहोस् ।
  • यस किसिमको समस्याहरुबाट प्रभावित महिलाहरुलाई सामाजिक स्तरमा सहायता प्रदान गर्नुहोस्, यस्तो सहयोगले उनी शिघ्रतिशिघ्र यस्तो समस्याबाट बाहिर निस्किन सक्नेछिन् ।

८. गैर-सञ्चारी रोग
महिलाहरुमा गैर-सञ्चारी रोगहरु जस्तैः मधूमेह, हाई ब्लड प्रेशर (उच्च रक्तचाप), मोटो शरिर लगायतका समस्या जुन तिब्र गतीका साथ समाजमा बढ्दै गएको छ । यसको रोकथामका लागि निम्न बुँदाहरुमा ध्यान दिन आवश्यक छः

  • यि समस्याहरुका सम्बन्धमा समाजमा जागरुकता फैलाउनुपर्छ । यस्ता समस्याहरुसँग जुध्नका लागि उचित उपचारहरुका बारेमा जानकारी दिनुपर्छ ।
  • छोरीहरु तथा महिलाहरुलाई उचित पोषण, व्यायाम तथा मानसिक स्वास्थ्यद्वारा जीवनशैलीलाई उत्कृष्ट बनाउनका लागि प्रेरित गर्नुपर्छ ।
  • सार्वजनिक स्वास्थ्य प्रणालिहरु तथा औषधी उपचारहरुसम्म नागरिकको पहुँच सहज तथा सुनिश्चित गर्नुपर्छ ।

१०. कम उमेरमा महिलाहरुमा देखिने समस्याहरु
आजभोली कम उमेरबाटै छोरीहरुमा जीवनशैलीसँग सम्बन्धित समस्याहरु हुन थालेका छन् । भविष्यमा यो ठूलो स्वास्थ्य समस्याको कारण पनि बन्न सक्छ । उचित पोषण तथा स्वास्थ्यसँग सम्बन्धित जानकारिहरुको अभावमा उनीहरुलाई अनावश्यक धेरैखाले समस्याहरुको सामना गरिरहेका हुन्छन् । यसबाट एसटीआई, यूटीआई, एचआइभी तथा कैंयन प्रकारका प्रजनन सम्बन्धी स्वास्थ्य चुनौतिहरु उनीहरुको सामू आउन सक्छन् ।

  • छोरीहरुलाई उनिहरुको स्वास्थ्यका सम्बन्धमा शिक्षित गर्नुहोस् ।
  • आमा-बुवाको जिम्मेवारी हो की उनीहरु छोरीहरुको स्वास्थ्य तथा सुरक्षित स्वास्थ्य सेवाहरु उपलब्ध गराउन् ।
  • स्वास्थ्य सुविधाहरुको सहज पहूँच उपलब्ध होस् ।

११. उमेरसँगै महिलाहरुमा हुने स्वास्थ्य समस्याहरु
विकासशील समाजमा उमेर बढनुका साथै महिलाहरु कामका लागि घरबाट बाहिर जान छाड्नछन् । जसका कारण उनीहरु पेन्शन, स्वास्थ्य बीमा तथा यससँग सम्बन्धित सेवाहरुको लाभ लिन अप्ठेरो हुन थालद्छ । उमेर बढनुका साथै महिलाहरुमा पुरानो गठिया, अस्टियोपोरोसिस, मोतियाबिन्दू, ग्लूकोमा तथा मृगौला सम्बन्धि स्वास्थ्य समस्या देखिनु झण्डै सामान्य हो । यस्तो समस्या भएकाहरुका लागि स्वास्थ्य सेवा प्रदान गर्न निम्नलिखित कदम उठाउनुपर्नेहुन्छ ।

  • बुझ्ने उमेरमा नै छोरीहरुलाई भविष्यमा आइपर्नसक्ने सम्भावित स्वास्थ्य समस्याहरुका सम्बन्धमा जागरुक गर्नुहोस् । जसको सहयोगले उनीहरुले पर्याप्त सुरक्षा तथा रोकथामको व्यवस्थापन गर्नसकून ।
  • सस्तो तथा सहज सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरिनुपर्छ ।
  • बुढेशकालका दौरान महिलाहरुलाई मानसिक तथा शारीरिक रूपले स्वस्थ राख्नका लागि उनीहरुको खानपान तथा मानसिक स्वास्थ्यका लागि घर, समाज, कार्यालय, सार्वजनिक स्थल तथा प्रशासनीक ठाउँहरुमा राम्रो वातावरण दिनुहोस् ।

Loading comments...