smart waling smart palika

स्मार्ट वालिङ नगरपालिकाले सुरु गर्यो सुशासन प्रणाली


वालिङ । सुचना, संचार, प्रविधिको प्रयोग गर्दै जनताका सेवा सुविधालाई विधुतिय प्रणालि अन्तर्गत कार्य सम्पादन गर्ने हेतुले वालिङ नगरपालिकाले डिजिटल सुशासन प्रणालिको सुरुवात गरेको छ। स्मार्टपालिका प्रालि तथा वालिङ नगरपालिकाको संयुक्त प्रयासमा सुरु भएको सो सुशासन प्रणालि गत आश्विन ११ गते नगरपालिकाको भवनमा प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षत्रीको समुपस्थितीमा सम्पन्न भएको छ।

नेपालकै अग्रीणि नगरपालिकाको रुपमा रहिआएको वालिङ नगरपालिकाले जनताका सेवाहरु डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्दै जनताले घर बसि मोबाईलको प्रयोग गर्दै नगर र वडाबाट लिने कयौँ सेवाहरु सहज रुपमा लिन सक्ने सिस्टमको विकास गरिएको छ,कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीको शुभकामना मन्तव्यमा भन्नुभयो।

कार्यक्रममा स्याङ्जा जिल्ला भित्रका बिभिन्न स्थानिय तहका प्रमुख तथा बिभिन्न राजनैतिक दलका नेताहरुको उपस्थिति थियो।

नगरका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको कार्यक्रम संचालनमा सम्पन्न कार्यक्रममा स्मार्टपालिकाले विद्यूतिय सुशासन प्रणालि हस्तान्तरण एवम् शुभारम्भ भएको थियो।

नगरप्रमुख दिलिप प्रताप खाँडका अनुसार वालिङ नगरपालिकाले विगत २ वर्षभन्दा लामो संघर्ष र निरन्तरताले पहिलोपटक जनमैत्री र प्रविधिमैत्री सुशासन प्रणालिको विकास गर्दै जनताको गुनासो, जनताको सेवा डिजिटल रुपमा सुरु गर्न सकिएकोमा नगर सम्पुर्ण जनता र स्मार्टपालिका प्रालिलाई सधन्यवाद व्यक्त गर्दछ भन्नुभयो।

स्मार्टपालिकाका रिलेसनसिप म्यानेजर राजानन्द माण्डव्यका अनुसार देशका १०० भन्दा बढि स्थानिय निकायलाई प्रविधिमय बनाउदै प्रविधिमैत्री जनता र पालिकालाई डिजिटल रुपान्तरणमा अग्रसर गराउने अभियानमा स्मार्टपालिका रहेको छ। स्मार्टपालिकामा हाल ७४ प्रकारका मोड्युलहरु रहेका छन। जस्मा जनताका आधारभुत सेवा सुविधा अन्तरगत पंजिकरण घटना दर्ता, सिफारिस, ई( नक्सा, स्मार्ट पेमेन्ट सहितका सुविधा मोबाईलबाटै गर्न सकिने छ। स्मार्टपालिकाका प्रमुख मनोज भट्टराईका अनुसार डिजिट हस्ताक्षरका लागि रेडिएन्ट टेक्नोलोजि, स्मार्ट पेमेन्टका लागि खल्ति, कनेक्ट आईपिएस लगायत अन्य विभिन्न आईटि कम्पनिहरुको सहकार्य गराउदैँ वालिङ नगरपालिकालाई प्रविधिमा फड्को मार्न सहजिकरण गराउनेमा कम्पनि तत्पर रहनेमा विश्वस्त रहेको छ। पिन्क सिटिको रुपमा परिचित वालिङ नगरपालिकामा काम गर्न पाउदाँ अत्यन्त खुसि लागेको अभियान निर्देशक बिबस महतले बताउनुभयो।

कम्पनि ब्राण्ड एम्बेस्डर अभिनेत्री सुरक्षा पन्तको समेत सहभागिता रहेको सो कार्यक्रममा युवालाई देशमै केहि गर्ने अवसर दिदै देशलाई प्रविधिमा विकास गर्दै सम्पुर्ण स्थानिय निकायलाई डिजिटल रुपान्तरण गराउदैँ निकट भविष्यमा स्मार्टपालिका सबै निकायको मात्र नभै सम्पुर्ण जनतालाई प्रविधिमय बनाउने अभियानमा सफल हुने बताउनुभयो। सो हस्तान्तरण, सुचना प्रविधि अधिकृत प्रकाश अर्यालको कार्यप्रतिवेदन तथा विभिन्न राजनैतिक दलहरुको कार्यसफलताको शुभकामना सहित कार्यक्रम सम्पन्न भएको थियो।पहिलो डिजिटल सिफारिस लिने नगरका नागरिक सन्देश पंगेनिले अविवाहित सिफारिस लिएर सेवाको सुभारम्भ गरेका थिए।


Loading comments...