हात धुन किन जरुरी छ ?


भाइरस संक्रमणबाट बच्नका लागि चिकित्सकहरुले हात धुने क्रम र बानीको निरन्तरता जारी राख्ने सन्देश दिने गर्दछन् । अहिले विश्वभरि भइरहेको कोरोना संक्रमणको त्रासले गर्दा चिकित्सकहरुले सबैलाई हात धुने र धोइरहने क्रमका लागि निकै पैरवी गरिरहका छन्, आउनुहोस् आज हामी हात धुन किन जरुरी छ भन्ने कुरामाथि प्रकाश पारौं । के हात धुनु कोरोना संक्रमण नियन्त्रणका लागि निकै जरुरी छ त ?

भाइरस संक्रमणका समयमा मुखबाट खकार र सिंगान हातमा पर्ने र त्यसले थप संक्रमणमा प्रभाव पार्ने हुँदा र अरु निरोगी मान्छेहरुमा पनि संक्रमण गर्न सक्ने हुँदा हात धोइरहन निरोगी र संक्रमीत दुबै मान्छेहरुको लागि जरुरी मानिन्छ । विश्व स्वास्थ संगठनको निर्देशिकामा पनि कोरोना संक्तमण नियन्त्रणका लागि सबैजनाले समयसमयमा साबुन पानीले हात धोइरहनुपर्ने भनी बताएको छ । कतिपय मान्छेहरुले चाँही जाबो हात धुनाले कसरी यत्रो महामारी नियन्त्रण गर्न सकिएला र भन्ने पनि आलोचना गरेको पाइन्छ ।

मासाच्यूट्स इन्सटिट्यूट अफ टेक्नोलोजीको एपीडेमीक मोडलींग डाटाका अनुसार चाँही ३० प्रतिशत मान्छेले समयमा हात नधुने देखिएको छ । शौचालयबाट फर्कदाँ विश्वभरिका ७० प्रतिशत मान्छेलेमात्र हात धुने यस तथ्याकं र अध्ययनले देखाएको छ, प्रोफेसर क्रिस्टोस निकोल्डेसका अनुसार ७० प्रतिशत हात धुने मध्य केवल ५० प्रतिशतले मात्र सहि ढगंले हात धुन्छन् र यस्ले उनीहरु र अरुलाई पनि संक्रमणको जोखिममा राख्दछन् । जापान, होनोलुलु, हवाई लगायतका बिमानस्थलहरु चाँही संक्रमण सार्नका धेरै जोखिममा रहेको पाइन्छ, यि बिमानस्थलहरुमा विश्वका धेरै देशका मान्छेहरु एकैचोटी भेला हुने हुँदा हरेक प्रकारको संक्रमणको जोखिम रहन्छ ।

बिनास्थलहरुमा मात्र नभई हरेक ठाँउमा या मान्छेहरु भेला हुने ठाँउमा सबैजनाले समय समयमा हात धुने र धुँदा साबुन पानीको उचित प्रयोग गर्नुपर्ने र एकआपसमा हात नमिलाउने लगायत प्रार्थना गर्दा आफू बस्ने चटाई आफैं लाने सम्मको प्रावधानहरुलाई हाइजिन प्रावधानहरुका रुपमा स्थापित गरिएको छ । हात धुन चाँही कोरोनाका लागि मात्र नभई हरेक प्रकारको भाइरस संक्रमणबाट जोगिन पनि जरुरी भएको देखिन्छ । बाथरुममा उचित पानी, साबुन र सरसफाईको प्रावधान राख्न हरेक अस्पताल, बिमानस्थल र प्रार्थना गरिने ठाँउहरुमा जरुरी देखिन्छ । सुन्दा सामान्य लागेपनि समयसमयमा हात धुने गर्नाले हामी धेरै संक्रमणहरु बाट जोगिने छौं ।

जनहितका लागि वयोधा अस्पताल बल्खु काठमाण्डौंको प्रयास


Loading comments...