
‘चीनले सीमा मिचेको मसँग यथेष्ठ प्रमाण छ, प्रधानमन्त्रीलाई रिपोर्ट गर्छु’: जीवन बहादुर शाही
२९ आश्विन २०७७, बिहीबार २३:३१
आजको TOUGHtalk हाइलाइट्स
- अनुगमन गरेर आइसकेपछि हामीले के पायौं भने, जुन १२ नम्बरको पिलर छ त्यो नयाँ बनाइएको देखियो
- ३ कोठे भवनलाई जुन अहिले ९ कोठे भवन तयार पारिएको छ त्यस स्थानबाट २ देखि ३ किलोमिटर पश्चिम उत्तरतिर ग्यापुदोचा भन्ने ठाउँ छ त्यहाँ हामीले २०६६ सालमा सडक खनेका हौं ।
- दशगजाको पिलरमा बार बारिएको छ, अन्तर्राष्ट्रिय सीमा मापदण्ड अनुसार त्यसरी दशगजाको पिलरमा बार बार्न पाइन्न
- म पुग्नु अगाडी सशस्त्रको टोली पिलर हेर्न गयो, जहाँ चिनियाँ प्रहरीहरुले ढुङ्गा हानेर धपाए
- अहिले जबरजस्ती हडपिएको नेपाली भूमी यदि हाम्रो थिएन भने हामीले २०६६ सालमा दोपुदोक्चाबाट २ देखि ३ किलोमिटरसम्म बनाएको सडक कसरी बनाउन दियो?
- संघियता भनेका छौं तर जब संघिय प्रदेश हल्लिन्छ त्यहाँको सबैकुरा बालुवाटारले कन्ट्रोल गर्नुपर्ने भयो भने यसलाई संघियता मान्ने कि नमान्ने?
- कर्णालीका मुख्यमन्त्रीलाई के भन्न चाहन्छु भने, “कुनै एउटा कुरा राम्रो भएको छैन, कोभिड-१९ को सन्दर्भमा चाँही अरु प्रदेशभन्दा राम्रो गरेको छ ।”
आज म तपाईहरुलाई कर्णाली लान चाहन्छु । हुन त अहिले संसार नै कोरोना भाइरसको महामारीले चरम संकटमा छ । तर यो महामारीका बीचमा पनि पद र पैसाको महत्वकाँक्षीहरुको फोहोरी खेलले जनता अरु भ्रष्टाचार र कुशासनको मारमा पर्दै गएका छन् ।
अशिक्षा, गरिबी र चरम अविकासको दुष्चक्र खेप्दै आएको कर्णाली यतिबेर संघीय शासन प्रणाली भित्र पनि नेताहरुको महत्वाकांक्षा पूरा गर्ने फोहोरी राजनीतिक खेल मैदान बनेको छ । सिंहदरबारको शासनबाट सँधै हेपिएको कर्णालीमा आफ्नै प्रादेशिक सरकार बनेपछि र त्यस माथि मुलुकमा सुशासन भएन, कर्णाली जस्ता क्षेत्रका जनताले दुःख पाए भनेर युद्ध गरेर आएका कमाण्डर आफै मुख्यमन्त्री बनेपछि जनतामा ठुला आशा थियो ।
तर साढे दुई बर्षसम्म प्रादेशिक सरकार, यहाँको सत्तारुढ पार्टीका नेताहरुको आन्तरिक झगडामै रुमल्लिइरह्यो । केन्द्रमा केपी ओली, पुष्पकमल दाहाल, माधव नेपालको दौराको फेरो समातेका प्रादेशिक नेताका तीनथरी गुटको रडाको मच्चिएपछि साढे दुई बर्षमै त्यहाँका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी हल्लिएको छ । त्यही हल्लिएको कुर्सीको काँटीकब्जा मिलाउन अहिले कर्णालीबाट मुख्यमन्त्री सहितका नेकपाका नेताहरु फेरी काठमाडौको बालुवाटार आइपुगेका छन् ।
अहिले पनि कर्णालीको साक्षरता जम्मा ६५ प्रतिशत मात्र छ । मुलुकको कूल साक्षरता भन्दा यो २३.६ प्रतिशत कम हो । अन्यत्र औसत आयु ७० नाघिसक्दा कर्णालीको औसत आयू ६० बर्ष मात्र छ । प्रतिव्यक्ति बार्षिक आम्दानी ८० हजार मात्र छ । आफ्नो उत्पादनले खान पुग्दैन र बर्षेनी खाद्यान्न अभाव हुन्छ । वर्षेनी जसो रोग व्याध र हैजाले समान्य ओखती समेत नपाएर कैयौले ज्यान गुमाउँछन् । तर त्यसले कुनै शासकलाई छुदैन् ।
दुर्भाग्य कर्णालीको यही अविकास, दुःख र कष्ट भोगेर हुर्केका व्यक्तिहरु समेतलाई अहिले निर्वाचित भएपछि जनता होइन, कुर्सी प्यारो भएको छ ।
अनि यही बेला कर्णालीको हुम्लाको उत्तरी क्षेत्रमा चीनले सिमा मिचेको खबर आइरहेको छ । सरकार चीनले सिमा मिचेको छैन भन्छ, विपक्षी दल काग्रेस, त्यस क्षेत्रमा भएका नयाँ संरचना, गाउँलेको भनाई र चीनले निर्माण गरेका नयाँ स्तम्भ समेतलाई आधार बनाई चीनले सिमा मिचेको दावी गरिरहेको छ । तर विडम्बना यो प्रदेशको सरकारलाई आफ्नो सीमा विषय भन्दा पनि मन्त्री को भन्ने मुद्दा ठुलो बनेको छ ।
आज TOUGHtalk मा कर्णाली प्रदेशका विपक्षी दलका नेता जीवनबहादुर शाही हुनुहुन्छ । हुम्लाको तत्कालिन जिल्ला विकास समितिको सभापति हुँदै नेपाली काँग्रेसको केन्द्रीय सदस्य, र नेपाल सरकारका मन्त्री समेत बनेपछि र पछि मुलुक संघिय संरचनामा गएपछि फेरी कर्णाली प्रदेश फर्कि नेपाली काग्रेसबाट प्रत्यक्ष निर्वाचित हुने एक जना मात्र सांसद हुनुहुन्छ ।
सँधै कर्णालीको मुद्धा उठाउँदै आएका शाहीले विपक्षी बेन्चमा बसेर त्यहाँको शासन व्यवस्थालाई कसरी हेर्नुभएको छ ?
एउटा विपक्षीको नजरमा झण्डै साढे दुई बर्षको कर्णालीको प्रादेशिक शासन अभ्यास कस्तो रह्यो ?
प्रादेशिक अभ्यास सुरु भएपछि कर्णालीका जनताले के पाए त ? त्यहाँको गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्या सुधारका कुनै संकेत देखा परे ? की झन वेथिती र अन्यौलता मात्र बढ्यो ? विगतको राज्यको मानसिकतामा अहिले बदलाव आएको छ कि झन बिग्रेर गएको छ ?
अनि कर्णालीमा मिचिएको भनिएको सिमाको वास्तविक अवस्था के रहेछ ? केन्द्र सरकारको सिमा मिचिएको छैन भन्ने दाबी र त्यहाँको तथ्य कति मिल्छ ? भर्खररै चीनकोसँग जोडिएको हाम्रो हुम्ला जिल्लाको उत्तरी सिमा अवलोकन गर्नुभएका र हुम्लाकै सांसद शाहीसँग यीनै प्रश्नको जवाफ खोजिएको छ ।
TOUGHtalk को ताजा अंक हेर्नुहोस्ः
हुम्लामा चीनद्वारा सीमा मिचिएको सम्बन्धमा सार्वजनिक अन्य सामाग्रीहरु
१) कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो
२) नेपाली भूमीमा चीनको भवन निर्माण, नेपालीलाई प्रवेशमा रोक
३) हुम्लामा चिनले गरेको भूमी अतिक्रमण विरुद्ध ‘लुम्बिनी नागरिक समाज’को विरोध
४) नेपाली भूमि मिचेको विरोधमा चिनियाँ दूतावास अगाडि युवाहरुको ब्यापक प्रदर्शन
५) हुम्ला घटनाका विरुद्ध सुर्खेतमा प्रदर्शन, ‘राष्ट्रिय एकता अभियान’का दुईजना पक्राउ
६) नेपाली भूमी अतिक्रमणविरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन, ६ जना पक्राउ
७) भूमि अतिक्रमण विरुद्ध ‘नेपाल रिपब्लिकन’द्वारा चिनियाँ दूतावास अगाडी प्रदर्शन
८) राष्ट्रिय एकता अभियानद्वारा चीनद्वारा अतिक्रमण गरिएको भूमी सम्बन्धमा नापी विभागसँग सूचना माग
९) नेपाली काँग्रेसका सांसदद्वारा हुम्ला निरीक्षण : चिनियाँ अतिक्रमणमा परेको लिमीवासी भन्छन् ‘चिनियाँले धम्की दिए’
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो