
चीनद्वारा नेपालको भूमी मिचिएको विरोधमा दार्चुलामा विरोध र्याली
२९ आश्विन २०७७, बिहीबार १४:३२
दार्चुला- चीन मिचेको नेपाली भूमि फिर्ताको माग राख्दै नेपाल विद्यार्थी संघले दार्चुलामा विरोध प्रदर्शन सहितको र्याली निकालेको छ ।
हुम्लामा भएको चिनियाँ अतिक्रमणको विरोध गर्दै नेविसंघले सरकारविरुद्ध नाराबाजी गरेको हो । सीमा अतिक्रमणको विषयलाई सरकारले गम्भीर रुपमा नलिएको हुँदा आफूहरुले विरोध प्रदर्शनमा उत्रिएको नेविसंघ नेता सुरेन्द्र जोशीले जानकारी दिए ।
सरकार जनभावना अनुसार चल्न नसक्दा जनताले दुःख र सास्ती मात्र भोग्नु परेको उनले आरोप लगाएक । नेविसंघका युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै खलंगा बजार परिक्रमा गरेका थिए ।
उनीहरुले ‘बेसार होइन् पीसीआर, हत्या हिंसा बन्द गर । शान्ति सुव्यवस्था कायम गर, गो ब्याक चाइना, मिचिएको नेपाली भूमी फिर्ता गर’ त्रीभूवन विश्व विद्यालयमा नेविसंघलाई लगाइएको झुटा मुद्धा खारेज गर जस्ता नारा लगाएका थिए ।
विरोध र्यालीमा नेविसंघ, नेपाल तरुण दल र नेपाल दलित संघका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको