Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार
ankit babu adhikari

जसका गीतमा कथा छन्

२३ मंसिर २०७५, आईतवार १२:५०

लोकप्रिय

सुरेन्द्र बजगाईं- हजारौं वर्ष अगाडी घटेका रामायण, महाभारत जस्ता कथा अनि पात्रहरु आजका मिति सम्म पनि हामीले काव्य अनि गीतका माध्यमबाट आउँदो पुस्तालाई हस्तान्तरण गर्दै आएका छौं । गीतका शब्दहरु धेरै हदसम्म आफैमा एउटा कथा हो । जहाँ पात्र अनि परिवेषले केहि कुरा अभिव्यक्त गर्न खोजिरहेको हुन्छ । के वृद्ध  के बालक चाहे जुनसुकै भाषामा होस् मानिसले सङ्गीतको मर्म बुझ्छ नै । गीत र सङ्गीत भनेको बहूआयामिक कुरा हो । गीत समाजमा भएका कुराहरु र मनमा उब्जने विभिन्न भावहरु प्रकट गर्ने माध्यम पनि हो । चाहे राममायण होस् वा महाभारत यी सबै पौराणिक ग्रन्थहरु छन्दमा नै लेकिएका छन । एउटा पुस्तामा रचना भएर पुस्तौ पुस्तासम्म जीवित रहने कुरा नै गीत सङ्गीत अनि कथा हो । आज लाइभमान्डुमा गीतीकथाकार अंकित बाबु अधिकारि आउनु भएको छ । अंकितलाई सानो उमेर देखि नै गीत सङ्गीतको सोख थियो । त्यसैले उनले आफ्ना गीतहरुमा नयाँ नयाँ परीक्षण गरेकाछन र सफल पनि छन् ।

द भ्वाइस अफ नेपाल जस्तो रियालिटि सोमा उनि ब्याटल राउण्डसम्म पुगे पछाडी उनलाई सुन्ने धरै मान्छे बढेको अंकित बाबुको ठहर छ । उनलाई अहिले भ्वाइसबाट बाहिरिनु परेकोमा कुनै गुनासो भने छैन किनभने उनि आफ्नो गीतको माध्यमबाट आफ्नो कथाहरु सुनाउन र आफ्ना पात्रहरु अभिव्यक्त गर्न लागीपरेका छन । व्यवसायीक रुपमा उनि सोध अनुसन्धान गरेतापनि सङ्गीतप्रति अथक साधना जहिले पनि गरीरहेका छन् ।

उनका गीत, कथा र पात्रहरुको बेजोड प्रस्तुति रहेका भिडियोहरु युट्युबमा हेर्ने  सकिन्छ ।

यो गीतको भिडियो नै अलि फरक किसिमको छ किन भने एउटा राम खोज्न हिडेको हनुमान देखाइएको छ । अहिले यो जमानामा दिमागको लागि खुराक छैन । ग्लामर मात्र देखाइने यस जमानामा अंकितका गीतहरुमा भिडीयोका कन्सेप्टहरु ग्लामर नभई पौराणिक चरित्रहरु देख्न पाइन्छ । हनुमानले राम खोज्न जाँदा हनुमानले देख्ने समाज र हनुमानलाइ देख्ने समाजको चित्र कस्तो हुन्छ भनेर देखाउन खोजिएको छ  ।

गीत र कथाबिचको सम्बन्ध नियालेर केलाउनसक्ने खुबी भएका व्यक्ति हुन् अंकित बाबु अधिकारी । लाइभमाण्डुमा आउँदा पनि साधारण मानिसका हिसाबले आएका उनि केहि गीतहरु गाए । द भोइसमा नेपालको प्रथम महिला गायीका मेल्वा देवीको ७०- ८० बर्ष पहिले रेकर्ड भएको गीत गाएर पुराना कलाकारको सम्मान गरेका थिए ।

यी सबैकुरा नियाल्दा अंकित बाबु नेपाली साङ्गीतिक जगतमा केहि नयाँ कुरा पस्कन चाहेका छन । उनले गएका गीत पनि हामीले यहिं समावेस गरेका छौं । तपाईंपनि चलन चल्ती भन्दा बाहिरका गीतहरु सुन्न चाहनु हुन्छ भने अंकितका गीतहरु सुन्न सक्नु हुन्छ ।

उनको बारेमा अंग्रेजी लेख 

The Voice Experience in Nepal

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा