‘रेपर संगठन’ नामक फेसबुक पेज संचालन गर्दै आएका व्यक्ति प्रहरीको फन्दामा


नवलपरासी । वलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले सामाजिक संजालमा अश्लील आपत्तिजनक सामाग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने र सो कार्यका लागि फेसबुक पेज संचालन गर्ने व्यक्ति पक्राउ परेका छन् ।

सामाजिक संजाल फेसबुकमा Raper Association (बलात्कारी संगठन) नामक पेज तथा समुह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामाग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य भईरहेको भन्ने बिभिन्न माध्यमबाट प्राप्त सुचना तथा निवेदनको आधारमा अनुसन्धानको क्रममा जिल्ला प्यूठान झिन्द्रुक गाउँपालिका -७ घर भई हाल कावसोती नगरपालिका -१६ बस्ने बर्ष १९ को नविन बस्नेतले सामाजिक संजाल फेसबुक पेज/ग्रुप मार्फत बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने, महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक सद्भाव, शिष्टाचार बिरुद्धको सामाग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य गरी विद्युतिय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुर गरेको , खुल्न आएको हुँदा सम्मानित जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पुर्जी जारी भई जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) समेतको सहयोगमा मिति २०७७-०६-३० गते जिल्ला नवलपरासी, कावासोतीबाट पक्राउ गरी थप अनुसन्धान भैरहेको बेहोरा नेपाल प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

अश्लिल तथा यौनजन्य सामाग्रीहरु कम्प्यूटर, इन्टरनेट लगायतका विद्युतीय वा अन्य माध्यमहरुबाट प्रकाशन, प्रशारण वा प्रदर्शन गर्नु सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्दमा हुने, व्यक्तिलाई अपमान तथा हैरानी गर्ने, घृणा वा द्वेष फैलाई समाजमा विकृती विसंगती बढाउने हुदाँ कानूनद्वारा दण्डनीय भएकोले कसैले पनि त्यस्तो कार्यहरु नगर्न र नगराउनु हुन समेत विज्ञप्तीमा अनुरोध गरिएको छ।

जारी विज्ञप्तीको वास्तवीक प्रति


Loading comments...