
BREAKING | साढे २२ केजी अवैध सुन बरामद
१ कार्तिक २०७७, शनिबार १५:०३
अध्यावधीकः
३ः३० बजेः स्रोतका अनुसार अशोक सिन्हा भाईको निर्वाचन तयारीका लागि हाल भारत, बिहारस्थित भाईको चुनावी क्षेत्रमा छन् । प्रहरीका अनुसार स्थानीय जनप्रतिनिधिको रोहबरमा ताला फोडेर छापामारी भएको थियो ।
वीरगञ्ज । सुराकीको आधारमा वीरगञ्जमा हिजोबाटै सक्रिय प्रहरीले आज रेशमकोठीस्थित गणेश अपार्टमेन्टलाई लक्षितगरी उच्च निगरानिमा राखेको थियो । प्रहरीको सक्रियताले सफलता हात पारेको छ । प्रहरीद्वारा भएको उक्त छापामारीका क्रममा साढे २२ किलो अवैध सुन बरामद भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टको तेश्रो तल्लामा रहेको ३०३ नम्बरको फ्लाटमा बस्ने भन्सार एजेन्ट अशोक सिन्हाको कोठाबाट अवैध सुन तथा चाँदी लुकाएर राखिएको छ भन्ने जानकारी अनुरुप जिल्ला प्रहरी कार्यलयको टोली त्यहाँ पुग्दा १३ केजी सूनको बिस्कुट, ८ केजी ५७६ ग्राम हुनेगरि मझौला सुनका बिस्कुट , १०० ग्रामका दरले हुने १ केजी सूनका साना बिस्कुट गरि कूल २२ केजी ५७६ ग्राम सुन बरामद गरेको हो ।
यसका अलावा सुनका बिभिन्न गरगहनाहरु ६८१ ग्राम । चाँदी लगायत अन्य भाँडाकुँडाहरु २ केजी २६२ ग्राम बरामद गरेको हो ।
प्रहरी उपरिक्षक गंगा पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतको पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हा बस्ने गरेको फ्ल्याटबाट यि कुराहरु बरामद गरेको हो ।
भारतको विहारमा नजिकिंदो चुनाव तथा चाडपर्वसँगै आउदो मंसिरमा हुने बिहेवारीका लागि गरगहनाहरुको माग यावत कुराहरुसँग जोडेर हेर्ने हो भने आज बरामद अवैध सुनले यसको कालोधन्धा मौलाएको स्पष्ट संकेत गरेको छ । लाइभमाण्डू स्रोतका अनुसार अशोक सिन्हा का भाई प्रमोद कुमार सिन्हा बिहार विधानसभा निर्वाचन, रक्सौल विधानसभा १० बाट भारतीय जनता पार्टी (भाजपा) का एमएलए-MLA उम्मेद्वार हुन् ।
पर्सा प्रहरीद्वारा जारी प्रेस विज्ञप्ती
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ