Lifestyle Portal
  •   ५ आश्विन २०७८, मंगलवार

‘वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स अनुत्पादित क्षेत्रमा लगानी भएको छैन’

३ कार्तिक २०७७, सोमबार १६:३६

काठमाण्डौ । वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स अनुत्पादित क्षेत्रमा लगानी भयो भन्न नमिल्ने सरोरकारवालाहरुले बताएका छन् । हाम्रो सम्मान परियोजनाको सहयोगमा वैदेशिक रोजगार पत्रकार सामाजले आयोजना गरेको ‘विप्रेषणको उपयोग’ छलफल कार्यक्रममा हालसम्म विदेशमा रहेका श्रमिकले पठाएको विप्रेषण श्रमिकको आवश्यकता अनुसार उपयोग भइरहेको सरोकारवालाहरूले बताएका हुन् ।

कार्यक्रममा वैदेशिक रोजगार रहेका श्रमिकले देश अर्थतन्त्र, कुल ग्राहस्थ उत्पादन र गरिबी घटाउन मुख्य भूमिका निर्वाह गरेको सरोकारवालाहरुले बताएका छन् ।

श्रमिकको आवश्यकता पूरा गर्नु नै रेमिट्यान्सको उपयोग हो– श्रम विज्ञ
हालसम्म विदेशबाट आप्रवाह भएको रेमिट्यान्स सबैभन्दा बढी व्यक्तिगत उपभोगमा खर्च भइरहेको विभिन्न अध्ययन देखाएको छ । यसले गर्दा विदेशबाट पठाएको रेमिट्यान्सको सही ठाउँमा सदुपयोग भएन भन्दै विभिन्न छलफल तथा कार्यक्रम हुने गरेता पनि सही ठाउँमा सदुपयोग भएन भन्न नमिल्ने श्रम विज्ञ डा. गणेश गुरूङ बताउँछन् । उनका अनुसार धेरै जसो विदेश जाने श्रमिक निम्न वर्ग हुने भएकाले उसको सबैभन्दा पहिलो प्राथमिकता खाने तथा लाउने नै रहेको बताए । ‘मलेसिया तथा खाडी मुलुकमा जाने श्रमिक खाना नपाएकाले विदेश गएको हुन्छ,’ उनले भने, ‘विदेशमा गएका श्रमिकको पहिलो प्राथमिकता परिवारको आवश्यकता पुरा गर्नेहुन्छ । त्यसैले रेमिट्यान्सको पैसा विभिन्न क्षेत्रमा लगानी गर्नुस भन्न मिल्दैन ।’

अधिकांश मलेसिया तथा खाडी मुलुकमा श्रम गर्न जाने श्रमिकको पहिलो प्राथमिकता परिवारको आवश्यता पूरा गर्ने, दोस्रोमा विदशेमा गएको ऋण तिर्ने र तेस्रोमा जग्गाजमिन किन्ने भएकाले यसमा श्रमिकको स्तर अनुसार फरक पर्ने उनको भनाइ छ ।

‘विदेशको रेमिट्यान्सले नेपालीको गरिबी घटाउन र कुल ग्राहस्थ उत्पादनमा ठूलो टेवा पु¥याउनु नै ठूलो उपलब्धि रहेको उनको भनाइ छ । त्यसले गर्दा कुनै पनि श्रमिकले पठाएको विप्रेषण सही ठाउँमा सदुपयोग नभएको भन्न गलत हो,’ उनले भने ।

रेमिट्यान्सले अर्थतन्त्रलाई आधुनिकीकरण बनाएको छ – राष्ट्र बैंक

वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई आधुनिकीकरणमा परिणत गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुणकर भट्ट बताउँछन् । नेपालमा रेमिट्यान्सको प्राप्त गरेको लामो इतिहास नरहेता पनि यसले नेपालको अर्थतन्त्रलाई उकास्न ठूलो योगदान पु¥याएको बताए ।

हाल वैदेशिक रोजगारबाट कुल ग्राहस्थ उत्पादन २५ प्रतिशत पुगेको र गरिबी घटाएको भन्दै रेमिट्यान्सको श्रमिकको आवश्कता अनुसार सदुपयोग भइरहेको उनको बुझाइ छ ।

उनका अनुसार विप्रेषणले विभिन्न आयामबाट उपयोग भइरहेको बताए । जसमा राष्ट्रिय बचत बढाएको, चालु खाता सन्तुलनमा राखेको, अर्थतन्त्रमा आवश्यक फाइनान्सिङ मिट गरेको जस्ता महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । साथै, अहिलेको बैंक तथा वित्तिय संस्थाको तरलता व्यवस्थापनको आधार नै विप्रेषण रहेको उनले उल्लेख गरे । यदि विप्रेषण कम हुन्छ भने बैंक तथा वित्तिय संस्था क्रन्च हुने उनको भनाइ छ । यसका साथै कर्जा तथा अर्थतन्त्रमा मुख्य भूमिका खेलिरहेको उनले बताए ।

‘यदि रेमिट्यान्स नभएको भए हामी कुन अवस्थामा हुन्थ्यो त्यो कल्पना पनि गर्न सक्दैनौं,’ उनले भने, ‘रेमिट्यान्सले गरिबी मात्रै नघटाएर विभिन्न निजी तथा सरकारी क्षेत्रमा ठूलो योगदान गरेको छ ।’

यसैगरी, रेमिट्यान्सले गर्दा गुणस्तर शिक्षा तथा आधुनिकीकरण तिर डो¥याइरहेको उनको भनाइ छ । ‘अहिले हरेक मानिससँग मोबाइल छ । उक्त मोबाइलको सहायताले विश्वको अर्थतन्त्र के भइरहेको छ भन्नेबारे घरमै बसीबसी हेर्न सक्ने भएकाले यसमा पनि रेमिट्यान्सको ठूलो योगदान रहेको छ,’ उनले भने ।

रेमिट्यान्सको सदुपयोग कसरी गर्न सकिन्छ ?

वैदशिक रोजगारबाट प्राप्त भएको विप्रेषणलाई कसरी उत्पादनमुलक क्षेत्रमा लगानी गरी श्रमिकले लाभ लिन सक्ने भन्ने विषयमा विभिन्न कार्यक्रम तथा छलफल चलाएता उत्पादन मुलक क्षेत्रमा युवाहरु आकर्षित हुन सकेको छैन । दैनिक हजारौंको संख्यामा विदेश पलायन भएता पनि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न नसक्नुमा विदेश जानु अघि प्रस्थानमै ठूलो समस्या रहेको श्रम विज्ञ गुरूङ बताउँछन् । सरकारले विदेश जानु अहिनै श्रमिकलाई विभिन्न उद्योगधन्दा, बैंक तथा वित्तिय संस्थामा यसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउने कार्यक्रम ल्याएका केही मात्राले आकर्षित हुने उनको विश्वास छ । यसको लागि विदेश प्रस्थान गर्नुपर्ने निती नियम परिवर्तन गरी सुधार ल्याउनुपर्ने उनको भनाइ छ ।

यसैगरी, राष्ट्र बैंकका प्रवक्ता भट्टका अनुसार नेपाली श्रमिकले पूर्वाधारको विकासमा संलग्न गराई श्रमिकलाई सदुपयोग गर्न सक्ने बताए । साथै, अर्बौको उत्पादित कृषि आयात गर्ने भएकाले कृषि क्षेत्रमा लगानी गरी रेमिट्यान्सको सदुपयोग गर्न सक्ने उनको भनाइ छ ।
यसको लागि स्थानीय तह, संघीय सरकार, बैंकिङ क्षेत्रसँग समन्वय गरेर कसरी सदुपयोग गर्न सकिन्न भन्ने बारेमा ध्यान दिनुपर्ने बताए । त्यस्तै, राष्ट्र बैंकले जारी गरेको बचतपत्रमा वैदेशिक रोजगारी लगानी आकर्षित नदेखिएपछि आगामी मंसिरदेखि सँधैको लागि खुल्ला गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।

साथै, विभिन्न देशमा रहेका श्रमिकलाई विदेशबाट पठाउको रेमिट्यान्सले पूर्वाधारमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा आपन्वत्व देखाउन सक्नुपर्ने उनको बुझाइ छ । यसको लागि प्रादेशिक सरकारले तथा बैंकिङ क्षेत्रले लगानी गर्न सक्ने गरी वैदेशिक स्किम ल्याउनुपर्ने उल्लेख गरे ।

त्यस्तै, उद्योग, एयरलाइन्सले पनि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई लगानीसँग जोड्नको लागि छुट्टै शेयर जारी गरेमा केही लगानी बढ्ने उनको बुझाइ छ । त्यस्तै, म्यानुफ्याक्चरिङलाई सेक्टरलाई प्रोत्साहन गरी रेमिट्यान्सको सदुपयोग गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी १०औं महाधिवेशनको सन्दर्भमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाइ नगर्दा बाध्य भएर परराष्ट्र

पोखरा । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरसभाबाट पास भएका निर्णयहरू १५ दिनभित्र प्रमुखले प्रमाणित गर्नुपर्छ । गत १० असारमा पोखराले

काठमाण्डौ । विधान अधिवेशनको संघारमा रहेको एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भूसालले जारी स्थायी कमिटी बैठकमा दुईवटा

The 15th India-Nepal combined battalion level military training exercise ‘SURYA KIRAN’ commenced at Pithoragarh (Uttarakhand) today and will continue till