
लौ हेर्नुस्, मैले पनि यो वर्षको दशैँमा नयाँ कपडा लगाएँ, अब कचकच नगुर्नस् : महावीर पुन
३ कार्तिक २०७७, सोमबार १८:३०
काठमाण्डौ – राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख तथा वैज्ञानिक महावीर पुनले झण्डै ४५ वर्षपछि आफूले दशैँमा नयाँ कपडा लगाएको बताएका छन् ।
साथै उनले यो आफ्नो दोस्रो सुट भएको बताउनुभएको बताएका छन् । जुत्ता चाहिँ ६ वर्ष पुरानो भएको उहाँले फेसबुकमा लेखेका छन् ।
सधैँ पुरानो लुगा लगाएको भनेर प्रतिक्रिया आइरहेकोले अब चाहिँ नयाँ कपडा लगाएको फोटो हालेको बताउदै उनले लेखेका छन्
लौ हेर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई
सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन । मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो । जुत्ता चाहिं ६ बर्ष पुरानो हो । धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो । अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस । आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें ।
दशैको बेलामा यो नयाँ कपडा कहाँबाट आयो भनेर कसैले पनि नसोध्नु होला । केहि महिना पछि मैले नै बताउने छु । क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता, कहिले काहिं ता गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा