Lifestyle Portal
  •   ८ चैत्र २०७९, बुधबार

अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

३ कार्तिक २०७७, सोमबार १९:३८

लोकप्रिय

काठमाडौं । अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी झापा मेचीनगर नगरपालिका(१२ बस्ने ३८ वर्षीय नरेश मेचेलाई घटनाको ६ वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७३ असार २१ गतेको फैसलाले संगठित रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दामा १७ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२९ गोंगबुस्थित होटेल काठमाडौं ईनबाट पक्राउ गरेको हो ।

झापा बिर्तामोड नगरपालिका(६ बस्ने पुरुषलाई २०७१ माघ १८ गते मेचे समेतका व्यक्तिहरुले हतियार देखाई अपहरण गरी झापा धरमपुरस्थित घरमा बन्धक बनाई राखेको अवस्थामा माघ २३ गते प्रहरीले पीडितलाई अपहरणमुक्त गरेको थियो । सो क्रममा १ जना प्रहरी कर्मचारी घाइते समेत भएको उक्त घटनामा जिल्ला अदालत झापाले मेचेलाई उक्त कैद तथा जरिवाना फैसला गरेको थियो ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा