
आफ्नै सहकर्मीको हत्या गरेको अभियोगमा ११ वर्षपछि दुई जना पक्राउ
३ कार्तिक २०७७, सोमबार १९:४३
काठमाडौं । आफ्नै सहकर्मी ललितपुर गोदावरी नगरपालिका(१३ स्थित आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भिमफेदी नगरपालिका -८ घर भएका ३६ वर्षीय डिल बहादुर योञ्जनको हत्या गरेको अभियोगमा २ जनालाई घटनाको ११ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी ननगरपालिका( ८ घर भएका ५१ वर्षीय भिमसेन घागा मगर र सोही ठाउँ घर भएका ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन् ।
उनीहरुले २०६६ वैशाख २८ गते राति योञ्जनलाई सुत्ने कोठा बाहिर कोदालीको विडले हानी, कुटपिट समेत गरी घाईते बनाएकोमा उपचारको क्रममा वीर अस्पतालमा सोही महिनाको ३१ गते बिहान मृत्यु भएको थियो । उक्त घटनामा थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बाँके नेपालगंज उपमहानगरपालिका(१५ जमुनामा फेला पारी उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको अनुसन्धानबाट खुल्न आएको छ । घटनापश्चात मामा भाञ्जा नाता पर्ने उनीहरु ललितपुरबाट पैदलै हेटौंडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारतको नयाँ दिल्लीमा गई आफ्नो बास्तबिक परिचय परिवर्तन गरी भारतीय आधार कार्ड बनाई रामकृष्ण प्लाष्टिक कारखानामा र भिमसेन घागा मगरले अटो रिक्सा चलाउने गरेको समेत खुल्न आएको छ ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको उक्त व्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ