
भौतिक पूर्वाधारमन्त्री नेम्वाङलाई कोरोना संक्रमण
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ ।
मन्त्री नेम्वाङले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘आजको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखियो । मेरो सम्पर्कमा रहेका सम्पूर्णलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गर्दछु ।’
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो ।
आजको PCR परीक्षण रिपोर्टमाम मा पनि कोरोना- पोजिटिभदेखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।
Posted by Basanta Nembang on Monday, 19 October 2020