the voice of nepal

यस्ता छन् ‘द भ्वाइस अफ नेपाल’ का टप ८ ट्यालेन्टहरु


नेपालका कुना कुनाबाट उत्कृष्ठ स्वरहरुको खोजी तथा विकासमा द भ्वाइस अफ नेपाल सिजन १ सफल सावित भएको छ । पहिलो नेपाली आवाज खोज्ने यो अभियानमा अब केही दिन मात्र बाँकी छ । अव फाइनलको यात्रा मात्र बाँकी रहेको छ , जुन आज वेलुका टप ८ सेमिफाइनलिष्टहरु मध्येबाट ४ फाइनलिष्ट छनोट हुनेछन । आजको कार्यक्रम पश्चात प्रत्येक कोचहरु संग एक एक ट्यालेन्टहरु रहनेछन । देश तथा विदेशमा निकै रुचाइएको द भ्वाइस अफ नेपालको फाइनल कार्यक्रम कतारको दोहाको एम पि थियटर मा हुने भएको छ । उक्त कार्यक्रममा टप ४ प्रतिष्पर्धीहरु मध्येवाट पहिलो द भ्वाइस अफ नेपाल छनोट गरिनेछ जुन दशर्कको भोटमा निर्भर रहनेछ । त्यसैले आफ्नो प्रिय ट्यालेन्टलाइ जिताउन जति सक्दो धेरै भोट गर्नुहोला । आफ्नो प्रिय ट्यालेन्टलाइ भोटिङ्ग गर्नको लागि तपाइँले एस.एम.एस  तथा एप स्टोर अथवा प्ले स्टोरबाट द भ्वाइस अफ नेपाल एप्स डाउनलोड गरी भोट गर्न सक्नुहुनेछ ।

कस्ता छन् त द भ्वाइस अफ नेपालका टप ८ ट्यालेन्टहरु

१. शुशिल गर्ताैला
काठमाण्डौ निवासी गर्ताैलाको सांगितिक साधना निकै धेरै समयदेखिको हो । उनी शास्त्रीय संगितमा आफ्नो भविष्यको खोजी गर्दै द भ्वाइस अफ नेपाल सम्मको यात्रामा सामेल भएका छन । उनले द भ्वाइसको आगनमा ‘राग’ बाट सवै कोच बाट रेड बटम पाएका थिए । उक्त गीत मार्फत कोच प्रमोदको आँखा रसाएका थिए । उनी सुगमा गौतमसंग ब्याटल राउण्डमा र आशिष संग सेमिफाइनलको प्रतिष्पर्धामा सफल भएका थिए ।

२. विद्या तिवारी
टिम सनुपबाट विद्या तिवारीको मन किन रुन्छ यो मन बोलको गीतमा सवैकोचको मन छुन सफल रहिन । उनी रिप राना मगर संग ब्याटल राउण्डमा तिमिविनाको जिवन काँडा बोलको गीतमा उक्रिइन । उनकोे स्वरमा गाइएको गित ‘पिच रोड’ले युट्युवमा राम्रो चर्चा पनि पाएको छ ।

३. कुशल आचार्य
११/१२ बर्षकै उमेर देखि गाउँदै आएका कांकडभित्ता, झापाका कुशल भ्वाइस अफ नेपालमा आफ्नो कुशल प्रतिभा देखाउदै आएका छन । कोच अभयाका कुशल लामो समयवाट बार, तथा क्लबमा पनि गीत गाउँदै आएका छन । उनि सुन्दरता तिम्रो उदाहरण लिएर ब्लाइण्ड अडिसनमा प्रस्तुति दिएका थिए । उनी सन्तोष घलेसंग तिम्रो मन भन्ने गितमा ब्याटल गरी लाइभ राउण्डमा ‘राम सांइलि’ र ‘सिन्डीकेट’ मिक्स गित गाएर सेमि फाइनलमा प्रवेश गरी ‘चौतारीको बर-पिपल’ गीतमा दमदार प्रस्तुती दिएका आर्चायलाइ स्टाइलिस ट्यालेन्ट पनि मानिएको छ ।

४. सी.डी. विजय अधिकारी
‘दैव हे’ बोलको गीत मार्फत भ्वाइस अफ नेपालको यात्रा प्रवेश गरेका विजयको नाम अघिको सी. डीको अर्थ बुवाको नाम चन्द्रकान्त र आमाको नाम दुर्गा हो । उनी योगेन्द्र उपाध्यायसंग ब्याटलराउण्डमा देखिएका थिए । टिम प्रमोदका विजयले रेडियो नेपालको कार्यक्रममा पनि सफलता हात पारेका थिए । उनले ‘भिरमा उन्यु’ गीतबाट लाइभ राउण्डमा देखिएका थिए भने सेमी फाइनल राउण्डमा ‘मैले’ बोलको गित बाट आएका थिए ।

५. सिर्जय थपलिया

झोला बोकेर स्टेजमा देखिने सृजयले लाइभ सोमा ‘जिवनमा पहिलो पटक’ बोलको गित गाएका छन । विराटनगरको सृजय ब्लाइण्ड अडिसनमा कोच अभायाको मन जित्न सफल देखिए, तर ब्याटल राउन्डमा उनलाई कोच प्रमोदले स्टिल गरेर यहाँ सम्मको यात्रामा निरन्तरता पाए ।

६. श्रेया राईृ
वि.एस.सि नर्सिङ्ग अध्ययनरत धनकुटाकी द भ्वाइसको कान्छी ट्यालेन्ट श्रेयाले ‘धनकुटाका डाँडा’ बोलको गित लाइभ राउण्डमा देखीएकी थिइन । उनी सलिना रामुडामु संग ब्यटल राउण्डमा ‘मखमली चोली’ गित गाएकी थिएन । सानै उमेरमा उनको सांगितिक उचाईको सर्वत्र प्रशंशा हुन थालेको छ ।

७. विवेक वाइवा लामा
काठमाण्डौका विबेक बाइवा लामा कोच दिपका एक उत्कृष्ट ट्यालेन्ट हुन् । आफनो विधा भन्दा बाहिर रहेर कोच दिपले विबेकलाई आफनो टिममा समावेश गर्नुभएको हो । उनको प्रस्तुतिशैलीको निकै प्रशंसा हुने गरेको छ ।

८. सप्तक दुर्तराज

टिममा सनुप अन्र्तगत काठमाण्डौका सप्तक दुतराज द भ्वाइस अफ नेपालु को ब्लाइण्ड अडिसन राउण्डमा ‘आँखामा तिमीलाइ’ गाएर कोच सनुप र प्रमोदको मन जित्न सफल भए । ब्याटल राउण्डमा ‘तिमि नै हो’ बोलको गीतमा अनिस गबुजासंग गाएका थिए । उनलाइ प्रमोदले निकै रुचाएका थिए । लाइभ राउण्डमा ‘मार्यो नि मार्यो’ र हिमाली नेपाली गीतमा आफ्नो कला प्रस्तुत गरेका छन । उनको आजको कोसेली कस्तो हुने हो हेर्न बाँकी नै छ । उनले सेमिफाइनलमा ‘आफ्नै संसारमा किन’ बोलको गितमा दमदार प्रस्तुति दिएका थिए ।

अब यि ट्यालेन्टहरु मध्येबाट फाइनलको लागि चारजना छानिने छन् फाइनलको लागि अनि हुने छ फाइनल कतारको दोहामा । को हुनेछ त नेपालको पहिलो भ्वाइस जसको आवाज नै पहिचान बन्ने छ । आफ्नो मनपर्ने ट्यालेन्टलाई जिताउने अधिकार दर्शकमा रहेको छ, त्यसकारण आफनो मनपर्ने ट्यालेन्टलाई जिताउन सक्दो भोटिङ्ग गर्नुहोस् ।


Loading comments...