
दशैं खर्चका बिषयमा त्रुटी भयो- कांग्रेस महामन्त्रीका नीजि सचिव तिवारी
५ कार्तिक २०७७, बुधबार ०७:२२
काठमाण्डौ। नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाका नीजि सचिव भरत तिवारीले एकजना आफन्तलाई दिनुपर्ने सहयोग रकम भुलवश गलत नम्बरमा डायल भएर अर्कै व्यक्तिकहाँ पुगेकोमा आफ्नो कमजोरी र त्रुटी भएको स्विकारेका छन् । आफ्ना राजकुमार नाम गरेका आफन्तलाई दिन तयार गरेर अनामनगरमा पुगेपछि फोन गर्दा असावधानिवश अर्कै व्यक्तिलाई पुगेको र सो क्रममा व्यक्तिको पहिचान गर्न कमजोरी र त्रुटी भएको तिवारीले स्विकार गर्दै सामाजिक संजालमा स्पस्टीकरण दिएका हुन्
उनले लेखेका छन्
कांग्रेसका महामन्त्रीले दसैं खर्च बाँडेक भनी प्रकाशित समाचारका सम्बन्धमा म निम्न कुरा स्पस्ट पार्न चाहान्छु ।
राजकुमार नाम गरेका एकजना आफन्तले केही दिन अघि दसैं खर्च दिनका लागि मलाई अनुरोध गरेका थिए। त्यही सहयोग रकम लिएर मंगलबार म अनामनगर चोकमा पुगेको थिएँ। कोभिड संक्रमणका कारण उहाँलाई बाहिर बोलाउने क्रममा असावधानीवश गलत नम्बरमा कल गएको र तपाइलाई एउट समान दिनुछ भनेपछि कल रिसिभ गर्ने व्यक्तिले कार्यलय सहयोगी पठाइदिन्छु भन्नुभयो। हतारमा गरिएको यही सम्वादका आधारमा भूलवश त्यो सहयोग मैले ती सहयोगीको हातमा पठाएको हुँ।
सहयोग लिने व्यक्तिको पहिचान गर्ने क्रममा मबाट कमजोरी तथा त्रुटी भएको भएको हो। यसबारेमा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालालाई कुनै जानकारी छैन। यो उहाँको सरोकारको विषय पनि होइन। त्यसैले यो विषयलाई महामन्त्री कोइरालासँग जोडेर नहेरी दिनु हुन म अनुरोध गर्दछु।
समग्र पत्रकारिता र मिडिया क्षेत्रको व्यवसायिक गरिमा र मर्यादाप्रति म सचेत र संवेदनशील रहेको स्पष्ट पार्न चाहान्छु।
—
भरत तिवारी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा