लक्षण देखिएकालाई गोदावरी नगरपालिकाले निःशुल्क कोरोना परीक्षण गराउने


काठमाडौं । कोरोना भाइरसको लक्षण देखीएकालाई गोदावरी नगुरपालीकाले निशुल्क कोरोना परीक्षण गराउने भएको छ । सरकारले पीसीआर नगर्ने बताइरहदा गोदावरीले भने निशुल्क परीक्षण गराउने जनाएको हो । बुधवार एक विज्ञप्ती जारी गर्दै निशुल्क परीक्षण गर्ने जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ ‘विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसवाट हुने जोखिम न्यूनीकरण गर्न नगरवासीको सुरक्षाका लागि हालसम्म गोदावरी नगरपलिका द्वारा विभिन्न स्वास्थ्य सम्बन्धी कार्य पहलहरु भैरहेको र निरन्तर लागिरहने अवगत गदै कार्तिक ६ गते देखि गोदावरी नगरपालिका भित्र कोही नगरबासीहरु लाई कोरोना भाईरसको लक्षणहरु देखिएमा, गोदावरी नगरपालिकाको विपद व्यवस्थापन कोषवाट सो लक्षण देखिएका व्यक्तिहरुलाई आनन्दवन अस्पतालमा स्वाब परिक्षण निःशुल्क गरिने छ ।’


Loading comments...