हल्ट प्राईज प्रतियोगितामा क्वेस्ट पनि सहभागी हुँदै


काठमाडौं । सामाजिक उधमको लागि विस्वको सबैभन्दा ठूलो विद्यार्थि-प्रतिस्पर्धा मानिएको हल्ट प्राईज प्रतियोगीतामा यस वर्षको लागि क्वेस्ट कलेजको पनि उत्साहजनक सहभागिता हुने भएको छ ।

हल्ट प्राईज फाउन्डेसनको स्थापना युवा मानिसहरुलाई स्टार्टअप विचारहरु उत्पन्न गर्न भिडको फाइदा उठाउदै विश्वको सबैबाट महत्त्वपूर्ण सामाजिक चुनौतिहरुको समाधानको कार्यान्वयन गर्न भएको हो ।

क्वेस्ट कलेजले विध्यार्थीलाई पढाईमा मात्र नभई वाह्य क्रीयाकलापमा पनि बल्दो सहभागी गराई विध्यार्थिको जीवन स्तर उकास्ने हेतुका साथ थुप्रै प्रतियोगितामा सहभागी जनाउदै आएको छ। पोखरा विस्वविध्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको अबको टार्गेट हल्ट प्राइज प्रतियोगिता रहेको यस कलेजका प्रीन्सिपल उदयराज पौडेलले बताए ।

यस वर्षका लागि क्याम्पस डाएरेक्टरको रुपमा सुदिप पुरी मनोनीत भएका छन । विभिन्न कार्यक्रम, प्रतिस्पर्धामा सहभागिता जनाएर अनुभव बटुलेका उनले यो प्ल्याटफर्मले आफुलाई अझ प्रखर बनाउने बताउछन । वि.वि.ए, वि.एच.एम,तथा एम.वि.ए विधाका दक्ष, लगनशील,अनुभवी विध्यार्थिको उत्साहजनक सहभागिताले यस प्रतिस्पर्धामा उच्च तहसम्म पुग्न सहज हुने पुरिले बताए


Loading comments...