रअ प्रमुख गोयलले प्रधानमन्त्री भेटेको पुष्टि


काठमाण्डौ ।  भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ।

प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति नै जारी गरेर बुधबार बेलुका गोयलसँग बालुवाटारमा भेट भएको जानकारी दिएको हो।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गर्दै शिष्टाचार भेट भएको सार्वजनिक गरेका हुन्।

यस्तो छ विज्ञप्ती 

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

उहाँ  भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो ।

भेटका क्रममा उहाँले नेपाल-भारतबीचको  मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो ।

सूर्य थापा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार


Loading comments...