
रअ प्रमुख गोयल र प्रधानमन्त्री भेट कूटनीतिक मर्यादा विपरीत- भिम रावल
काठमाडौं । नेकपा नेता भिम रावलले प्रधानमन्त्रीले रअ प्रमुख गोयललाई भेटेकोमा आपत्ति जनाएका छन् । उनले एक टुइट गर्दै रअ प्रमुख गोयल र प्रधानमन्त्री कूटनीतिक मर्यादा विपरीत छ भएको बताएका छन् ।
उनले लेखेका छन् ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।’
नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादा विपरीत छ।
— Bhim Rawal, PhD (@BhimRawal179) October 22, 2020
यो पनि
रअ प्रमुख गोयलले प्रधानमन्त्री भेटेको पुष्टि