नेपालमा पनि भारतीय यूवाहरुले सम्झिए ‘अक्टुबर २२’ : पाकिस्तानी दूतावास अगाडी प्रदर्शन


काठमाण्डाै । नेपालमा बसिरहेका भारतीय यूवाहरूले अक्टाेबर २२ तारेखका दिनलाई कालाे दिनकाे रूपमा मनाएका छन ।

काठमाण्डाैकाे महराजगन्जस्थित पकिस्तानी दूतावास अगाडि उनीहरूद्वारा निकालिएकाे र्‍यालीमा सहभागीहरूले विभिन्न नारा लगाउँदै अक्टाेबर २२ तारेखका दिनलाइ कालाे दिनकाे रूपमा मनाइएकाे हाे ।

सहभागीहरूले पकिस्तान काश्मिर छाेड, पाकिस्तानी सेना – हत्या हिंसा बलात्कार बन्द गर लगायतका नारा लगाउँदै पकिस्तानविरूद्द प्रदर्शन गरेका थिए ।

भारतीयहरूले आज विश्वभर कालो दिवस मनाउँदै छन् । साेही अनुसार नेपालमा पनि कालाे दिवस मनाइएकाे बुझिएको छ । अक्टुबर २२ सन् १९४७ मा, पाकिस्तानी आक्रमणकारीहरूले अवैध रूपमा जम्मू कश्मीरमा प्रवेश गरेको दिनलाई कालो दिवसको रूपमा मनाइएको हो । तरवार र बन्दुकले सशस्त्र आदिवासीहरूको नाम पाकिस्तानी सेनाको लश्करहरूले काश्मिरमा आक्रमण गरेर पुरुष, बालबालिकहरूको हत्या गरी महिलाहरुलाई आफ्नो दास बनाएका थिए । उनीहरूलाई पाकिस्तान सरकारको पूर्ण समर्थन थियो ।


Loading comments...