नक्कली नेपाली नोट सहित चितवनमा एकजना पक्राउ


चितवन । रु.१००० दरको ३२१ थान रु.३,२१,०००।- (तीनलाख एक्काईस हजार) नक्कली नेपाली नोट (Counterfeit Currency) सहित एकजना पक्राउ परेका छन् ।

मिति २०७७।०७।०४ गते जिल्ला चितवन राप्ती नगरपालिका वडा नं.५ भण्डारा बजारमा सामान किन्ने क्रममा नक्कली पैसा दिई मानिस फरार रहेको भन्ने खबर प्राप्त भए पश्चात तत्काल ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजिब गिरीको कमाण्डामा टोली खटिगई उक्त ब्यक्तिको खोजतलास तथा अनुसन्धान गर्ने क्रममा ऐ.ऐ.केही परबाट रू.१००० दरको १२ थान हेर्दा नक्कली जस्तो देखिने नोटहरु सहित जिल्ला मकवानपुर राक्सीराङ् ८ बस्ने वर्ष २६ को जितबहादुर लोप्चनलाई नियन्त्रणमा लिईएको ।

अनुसन्धानको क्रममा निजले कारोबार गरेको एक होटल र खाजाघरबाट रु. १००० दरको ७ थान नोटहरु र जिल्ला मकवानपुर राक्सीराङ गाउँपालिका ८ हलिजे स्थित निजको घर भित्र मकैको खलियामा प्लास्टिकले बेरी लुकाई छिपाई राखेको अवस्थामा रु.१००० दरको ३०२ थान नोटहरु गरी रु.१००० दरका जम्मा ३२१ थान (रु.३,२१,०००।-) नक्कली जस्तो देखिने नोटहरु बरामद भई थप अनुसन्धान कार्य भईरहेको ।


Loading comments...