
सामाजिक जागरण अभियान नेपालको बृहत सरसफाइ अभियान २०७७ सुरु
८ कार्तिक २०७७, शनिबार २१:१५
काठमाडौं । सामाजिक जागरण अभियान नेपालको बृहत सरसफाइ अभियान २०७७ सुरुवात भएको छ । बुढानिलकण्ठ नगरपालिकाको १३ वटै वडा मा सन्चालन गरिने यस महाअभियानको सुरुवात बुनपा १२ स्थित नवदुर्गा मन्दिर परिसर हुँदै तेन्जिङ चोकको गणेश मन्दिर मा समापन गरियो ।
अभियानलाई हौसला प्रदान गर्न नेकपा बुढानिलकण्ठ नगरकमिटी अध्यक्ष रबिन अधिकारी सहित अन्य सामाजसेविको समेत उपस्थिति थियो ।
हरेक महिना एक वडाको धार्मिक तथा पर्यटकिय र सार्वजनिक स्थल मा गरिने सरसफाई महाअभियानमा स्थानीयहरुलाई समेत समाबेश गराई जनचेतना फैलाउने सरसफाइको प्रमुख उद्धेश्य रहेको कार्यक्रम संयोजक तथा समिनका सचिव सुबिन चालीसे ले बताउनु भयो ।
बुढानिलकण्ठ सरसफाइ महाअभियानमा चखुन्चा युवा समूह, समृद्धि महिला समुह, शान्तिनगर महिला समूह तथा नमुना बचत तथा ऋण सहकारी सस्था लि। को सहकार्य रहेको थियो ।
बुढानिलकण्ठ नगरपालिकामा रहेका सम्पुर्ण सामाजिक सस्था, स्थानीय युवा क्लब, महिला समूह तथा आमा समूह लगाएत अन्य सामाजिक अंगहरुलाई यस सरसफाइ महा अभियान मा सहभागी हुन समेत समिनका अध्यक्ष बिनोद भट्टराई ले आव्हान गर्नुभयो ।
बुढानिलकण्ठ सरसफाइ महाअभियान प्रारम्भको पहिलो समापन कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरु तथा नगरबासहरुलाई शुभ बिजया दशमिको पावन अवसरमा स्वास्थ सुरक्षालाई ख्याल गरि दशै मनाउन अनुरोध गर्दै महाअभियानको पहिलो कार्यक्रमको समापन भएको घोषणा समिनका उपाध्यक्ष बिबेक लामिछानेले गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ