Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

पर्सामा नेकपा नेताको हत्या प्रकरणः प्रचण्डद्वारा दोषीमाथि कारबाहीको माग

९ कार्तिक २०७७, आईतवार १९:१८

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्साको विन्दवासिनी गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्य मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । उनले एक विज्ञप्ती जारी गर्दै कारबाहीको माग गरेका हुन् ।

यस्तो छ प्रचन्डद्बारा जारी विज्ञप्तीको पुरा पाठ
गत ६ कार्तिक २०७७ का दिन पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रममा केही अवाञ्छित तत्वहरुको आक्रमणमा परी पार्टी जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव कमरेड मुकेश चौरसियाको हत्या भएको कुरा सर्वविदत नै छ ।

यस सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्र्सना गर्दै क. चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारवाही गर्न माग गर्दै वक्तव्य जारी भएको पनि विदित नै छ ।

म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु ।

हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।

०९ कार्तिक, २०७७
……………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

स्थानीय तह निर्वाचन २०७९ मा ६८ हजार ६१२ मत प्राप्त गरेर भारी मतान्तरले उपमेयरमा बिजयी भएकी नेकपा एमालेकी सुनिता डंगोलले

काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिकाले मेयरको रुपमा लौरो चिन्ह प्राप्त गरी स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)लाई मेयरको रुपमा

विवेकशील साझा पार्टिको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजिनामा दिनुभएको छ । आज सामाजिक सञ्जालमा प्रेस विज्ञप्ती जारी गर्दै मिश्रले राजिनामा