कोरोना कहर पछि कती नेपाली स्वदेश फर्किए ?


काठमाडौं । कोरोना सुरु भए देखि सोमबारसम्म विदेशबाट १ लाख २२ हजार ५३६ जना नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार सोमबार सम्म विभिन्न ३२ मुलुकबाट नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड १९ का कारण सरकारले गत चैत ११ देखि आन्तरिक एवं बाह्यतर्फको नियमित हवाई उडान स्थगित गरेको थियो । उडान स्थगन गरेको करीब ५ महिना पछि सरकारले भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनको अनुमति दिएको थियो ।


Loading comments...