Lifestyle Portal
  •   ५ चैत्र २०७९, आईतवार

कोरोनाभाइरस संक्रमणको यो समयमा कस्तो हुनुपर्छ तपाईँको खानपान?

११ कार्तिक २०७७, मंगलवार १६:२८

लोकप्रिय

कोरोनाभाइरस संक्रमणको बढ्दो संख्यालाई ध्यानमा राख्दै सावधानीस्वरुप अहिले संसारका आधिभन्दा बढी मानिसहरुले आफूलाई स्व-क्वारेन्टाइनमा राखेका छन् ।

यस्तोमा स्वभाविक हो की आफ्नो जीवनशैली तथा शरीरमा कैंयन परिवर्तन पनि महसूस हुन्छ । यसका लागि खान-पानमा केही परिवर्तन आवश्यक छ ।

यही विषयलाई ध्यानमा राखि WHO (विश्व स्वास्थ्य संगठन) ले क्वारेन्टाइनमा रहेकाहरुका लागि खाने-पीउने सम्बन्धी नयाँ दिशा-निर्देश जारी गरेको छ ।

डा. इर्शादूल हक
Medical Officer at Om Hospital & Research Center Pvt. Ltd

१) घरको खाना अर्थात स्वस्थ जीवनको मुख्य स्रोत
WHO अनुसार, जति सम्भव हुनसक्छ पैकेटमा राखिएका खानेकुराहरुको सेवन नगर्नुहोस् । किनकी यस्ता खानेकुराहरुमा ‘ट्र्यान्स फ्याट’, नुन तथा चीनीको मात्रा अत्याधिक हुन्छ, जसका कारण यस्ता खानेकुराहरु तपाईंको स्वास्थ्यका लागि नोक्सानदायी हुनसक्छ ।

यसकारण बढी भन्दा बढी घरको खानाको मजा लिनुहोस् । यसो पनि यो तपाईंका लागि एउटा उत्कृष्ट मौका हो, यस समय तपाईं स-परिवार घरमैं बनाइएको स्वस्थ्य तथा पौष्टिक खानेकुरा खानपानका साथ उत्कृष्ट समयको लुफ्त उठाउन सक्नुहुनेछ ।

२) कुन खाद्यपदार्थहरुको सेवन तपाईंका लागि स्वास्थ्यवर्धक हुन्छ?
WHO का अनुसार, तपाईंको नियमित डाइटमा फाइबरयुक्त खानेकुराहरु समावेश गर्नुपर्छ, किनकी यस किसिमका खाद्य पदार्थले तपाईंको पाचनलाई स्वस्थ रख्नमा सहायता गर्दछ ।

हरियो तरकारीहरु, फल, दाल, ओट्स, ब्राउन पास्ता, खैरो चामल (Brown Rice), क्विनोआ तथा पूर्णत्-गहूँको रोटी इत्यादीलाई आफ्नो दैनिक खानामा समावेश गर्नुहोस् ।

यसका साथै बढी भन्दा बढी पानीको सेवन गरि शरीरलाई हाइड्रेट राख्नुहोस् । त्यस्तै, फलफूलको रस इत्यादीलाई पनि आफ्नो नियमित डाइटमा समावेश गर्नु उचित विकल्प हो ।

३) यी खाद्यपदार्थहरुको पर्याप्त मात्रामा सेवन गर्नु उचित

  • नुनको सेवन बढी नगर्नुहोस् । एक दिनमा लगभग पाँच ग्राम नुनको सेवन स्वस्थ्यकर मानिन्न ।
  • यस बाहेक तपाईंले चीनीको सेवन पनि कम गर्नुपर्छ । यसको अर्थ यो हो की तपाईंले लगभग छ (६) चम्मच चीनीको सेवन गर्न सक्नुहुनेछ ।
  • कम भन्दा कम फ्याट फूडको सेवन गर्नुहोस् ।
  • त्यस्तै, रातो तथा फ्याटी मीट, बटर, फुल फैट दूध तथा अन्य डेरी प्रोडक्ट्स, पाम आयल, कोकोनट आयल इत्यादीको सेवन कदापी नगर्नुहोस् ।

४) यी खाद्यपदार्थहरुको सेवन शरीरका लागि नुकसानदायी हुनसक्छ
WHO को दिशानिर्देशमाथी ध्यान दिने हो भने तपाईंले त्यस्ता खानेकुराहरु खादै नखानुहोस् जुन पैकेटबन्द तथा अत्याधिक क्याफिनयुक्त हुन्छ ।

त्यस्तै, रक्सीको सेवन कदापी नगर्ने सल्लाह दिएको छ । किनकी रक्सीले कोरोनाभाइरसको खतरा बढाउन सक्छ तथा उपचारको क्रममा स्थिती गम्भिर बन्न सक्छ ।

यस बाहेक, ध्रुमपान पनि त्यस सूचीमा समावेश छ, किनकी यो तपाईंको शरीरलाई कैंयन रोगहरुको शिकार तत्काल बन्न सक्छ, विशेषत् कोरोनाभाइरसको ।

भान्सा टिप्स (Kitchen Tips)
खानेकुराहरुका सम्बन्धमा यी फूड सुरक्षण (फूड सेफ्टी) टिप्सहरुको अवश्य पालना गर्नुहोस्

  • नियमित रुपले खाना बनाउने भाँडो तथा भान्साको सरसफाई गर्नुहोस् ।
  • कम्तीमा २० सेकेण्ड साबुन पानीले मिचिमिचि हात धोएर मात्र खाना बनाउनुहोस् ।
  • फ्रीजमा काँचो भोजन तथा पाकिसकेको भोजनलाई बेग्ला-बेग्लै खण्डमा छोपेर राख्नुहोस् ।
  • फलफूल तथा तरकारीहरुलाई राम्री धोएपछि मात्रै पकाउन अथवा खानका लागि प्रयोग गर्नुहोस् ।
  • चिस्यानयुक्त खानेकुराहरु (Frozen Foods) तथा पकाइसकिएको खानेकुराहरुलाई ५ डिग्री सेल्सियसभन्दा तल राख्नुहोस् या ६० डिग्री सेल्सियसभन्दा माथी राख्नुहोस् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले

केही दिन पहिले (२०२७९, फागुन ५) उद्योग मन्त्रालयले एउटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णयले सरकार मातहतका निकाय तथा