Lifestyle Portal
  •   १ भाद्र २०७९, बुधबार

ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा सलमान खान र सानु अन्सारी पक्राउ

१२ कार्तिक २०७७, बुधबार १९:३५

भक्तपुर, १२ कात्तिक । भक्तपुर नगरपालिका-१ स्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने काम गर्ने भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भएका ३५ वर्षीय शाहिव हुसैनको हत्या गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१ स्थित इन्द्रायणी धातु उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भएका १९ वर्षीय सानु अन्सारी र भक्तपुरस्थित दुवाल मेटल कारखानामा काम गरी बस्ने भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भएका २३ वर्षीय सलमान खान रहेका छन् ।

भक्तपुर नगरपालिका-२ इँटापाकोको प्लानिङस्थित नरकटघारी खोल्सामा आइतबार बिहान हुसैन मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा शनिबार ३ जना सँगै बसेर मादक पदार्थ सेवन गरेको र कारखाना फर्कने क्रममा उक्त नरकट घारीमा पुगेपछि सानु अन्सारीको गर्लफ्रेन्डको विषयमा शाहिव हुसैनसँग भएको विवादमा अनुचित शब्दहरू बोलेको विषयमा झगडा हुँदा हुसैनलाई दुवै जनाले ढुङगा प्रहार गरी हत्या गरेको खुल्न आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

राष्ट्रपतिले नागरिकता विधेयक संसद्‌मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।