प्रहरी हुँ भनेर कसैले अन्तरङ तस्वीर अथवा भिडियो पठाउन भनेको त छैन?


काठमाण्डौ । प्रहरीको नाममा के तपाईंलाई तपाईंको अन्तरङ तस्वीर अथवा भिडियो पठाउन अनुरोध आएको छ?

नागरिक सचेतनाका लागि प्रहरी प्रधान कार्यालयले सम्भावित दूर्घट्नाबारे सजग गराउँदै जारी गरेको प्रेस विज्ञप्तीमा लेखिएको छः

विभिन्न समयमा व्यक्तिहरूको ल्याण्डलाईन, मोबाईल फोन नम्बरहरुमा Unknown, Private वा कुनै पनि नम्बर Display नहुने तथा सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई मेसेन्जरबाट कल गरेर ‘म साईबर र क्राईम डिपार्टमेन्ट’ बाट बोलेको हो, तपाईको फेसबुक ह्याक भएको छ, अश्लिल फोटो, भिडियोहरु सामाजिक सञ्जालमा भाईरल भै रहेको छ, हामीले एक पटकको लागि त्यसो हुन बाट रोकिदिएका छौं, तर Verification को लागि तपाइले आफ्नो Nude Photo, Video पठाउनु होस भनेर ई-मेल, सामाजिक सञ्जाल, फेसबुकको मेसेन्जरमा पठाउन लगाउने तत्पश्चात् उक्त ई-मेल, फेसबुकको आई डी, मेसेन्जर De-Activate गर्ने गरेको भन्ने सूचना एवं उजुरीहरु प्राप्त भै रहेको प्रति यस ब्यूरोको ध्यानाकर्षण भएको छ।

सो सम्बन्धमा प्रविधिको दुरुपयोग गरी गरिएका गैर जिम्मेवारी तथा ऐन कानुन विपरीत कार्य प्रति सजग भई, त्यसरी झुक्यानमा पार्ने खालका क्रियाकलापहरू बाट सचेत रहन, आफ्ना व्यक्तिगत कुनैपनि विवरणहरू उपलब्ध नगराउन साथै त्यस्ता कार्यहरू भए गरेको पाईएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोको टेलिफोन नं. ०१- ४२१९०४४, ४२१९०४८, मोबाईल नं. ९८५१२८६७७० वा ई-मेल ठेगाना [email protected] मा सूचना वा जानकारी दिन हुन जनहितका लागि यो अनुरोध गरिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्तीको वास्तवीक प्रतिः


Loading comments...