Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

फ्रान्समा आतंकवादी हमला, ३ जनाको मत्यू

१३ कार्तिक २०७७, बिहीबार १८:५९


यूरोपमा कोरोना संक्रमणका कारण पुनः ब्यूँतिएको स्वास्थ्य संकटका कारण जारी गरिएको लकडाउनले पिरोलीरहेको बेला फ्रान्समा आतंकवादी हमला भएको छ ।

नाइस शहरमा छुरा बोकेका मुस्लिम आक्रमणकारीले ‘अल्लाहु अक्बर’ चिच्याउँदै ३ जना सर्वसाधरणलाई छुरा प्रहार गरेर हत्या गरेका हुन् । गत वर्ष आगलागी भएको पुरानो र विश्वप्रसिद्ध नर्थे डाम चर्च अगाडी उक्त आक्रमण भएको शहरका मेयरले ट्वीट गरेर बताएका छन् ।

उक्त घटनामा अन्य कैंयन व्यक्तिहरु घाइते भएका छन्, यो घटना स्थानीय समय अनुसार बिहान ९ बजे को हो । आक्रमणमा परी मृत्यु हुनेहरुमध्ये एक महिलाको घाँटी रेटिएको छ भने अर्का मृतक चर्चको वार्डन हुन् । यो घटनालाई आतंकवादसँग जोडेर हेरिएको छ ।

हमला त्यस समय भएको थियो जतिबेला चर्चमा अत्याधिक संख्यामा स्थानीयहरु चर्चमा प्रार्थनाका लागि जम्मा भएका थिए । यस अघि पनि उक्त चर्च रहेको स्थानमा गोलीबारी भएको आवाज सुनिएको थियो । नाइस शहरका मेयर क्रिश्चियन एस्ट्रोसीले आक्रमणकारीहरु पक्राउ गरिसकिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा