चौरसिया हत्या प्रकरण : सरकारी वकिल कार्यालय मार्फत पूर्व सांसद राजकुमार गुप्ता सहित १२ जना माथि बल्ल भयो जाहेरी दर्ता


पर्सा । गत बिहीबार शपथग्रहण कार्यक्रममा नेकपाकै दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको घटनामा संलग्नविरुद्ध सरकारी वकिल कार्यालय पर्सा मार्फत जाहेरी सहितको निवेदन दर्ताको भएको छ ।

बिहीबार दिउँसो ३ बजे जिल्ला सरकारी वकिल कार्यालय पर्सा मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा संविधान सभाका लागि क्षेत्र नम्बर ३ बाट बिजयी पूर्व सांसद तथा नेकपाका जिल्ला सदस्य राजकुमार गुप्ता सहित १२ जना विरुद्ध कारवाहीको माग राख्दै जाहेरी सहितको निवेदन दर्ताको भएको हो ।

घटनाको दिन के भएको थियो, पुरा भिडियो हेर्नुहोस्ः

सरकारी वकिल कार्यालय मार्फत मृतकका भाइ महेश चौरसियाले जाहेरी सहितको निवेदन दर्ता गराएको पर्सा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गन्गा पन्तले जानकारी दिइन ।

नेकपा, विन्दवासनी गाउँपालिकाका सचिव मृतक मुकेश चौरसिया

उनले मृतक चौरसियाको घटनामा संग्लन विरुद्ध वकिल कार्यालय मार्फत आएको जाहेरी सहितको निवेदनमा अनुसन्धान गरेर कारवाही अगाडि बढाइने बताइन ।

प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझ्‍न अस्वीकार गर्दै आएको थियो । प्रहरीका अनुसार जाहेरी दर्तासंगै अब शव बुझ्‍ने र शुक्रबार बिहान पोष्टमार्टम गर्न तयारी भएको छ ।

चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै एक सातादेखि प्रदर्शन हुदै आएको छ ।

बिहिबार बिहान १२ बजेदेखि जिल्ला प्रहरी कार्यालयअगाडि नेकपा पर्साका नेता तथा कार्यकर्ताले घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग राख्दै प्रहरीविरुद्ध प्रदर्शन गरेका हुन् ।

पूर्व सांसद तथा नेकपाका जिल्ला सदस्य राजकुमार गुप्ता

शपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूलाई सहभागी नगराएको भन्दै झडप गर्ने तीनजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने हनिफ मियाँ, देवा सहनी र सोकदिन गदी रहेको पर्सा प्रहरीका पप्रहरी उपरीक्षक पन्तले जानकारी दिइन । उनले घटनालाई अनुसन्धान गरी कारवाहीको तयारी भइरहेको बताए ।

गत बिहीबार पर्साको विन्दावासनी गाउँपालिका– ५ प्रसौनी भाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । बिहीबार दिउँसो १२ बजे विन्दवासनी गाउँपालिका शपथग्रहण कार्यक्रममा झडप हुँदा आठजना घाइते भएका थिए । जसमा चारजना उपचार गरी घर फर्केका छन् ।

मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको क्रममा नै चौरसियाको वीरगञ्जको एलएस न्युरो अस्पतालमा गत शुक्रबार बिहान मृत्यु भएको हो ।

प्रहरीले दर्ता गरेको जाहेरीको वास्तविक प्रति


Loading comments...