माछाहरुको सम्मेलन


लगभग ६००० साना ठुला नदीहरु उत्तर बाट दक्षिण तरफ जाने क्रममा हट्टाकट्टा बामे माछा, अन्धाबाम, हिले माछा, मङ्री, झिगे माछा, ट्याङ्ग्रा माछा लगायत उनीहरुका परिवार सहित बगेर गंगा नदिमा पुगेछन् । बगाएर भन्ने कि पौडिदै भन्ने कुरा आधि उमेरको टुटु भ्यागुतेलाई समझमा बिलकुलै आउन सकेन तर आधि उमेरको टुटु भ्यागुतेले माया गरेर एकोईरियममा राखेका माछा जसको नाम प्रिय टाईगर र उसका दुई सन्तान सिनियर टाईगर ,जुनियर टाईगर अनि प्रिय टाईगरकि प्रेमिका जानु टाईगर भने आधि उमेरको टुटु भ्यागुते अधेरीमा सुसु गर्न उफ्रिदै बाहिर जाने क्रममा एकोईरियम फुटेपछि प्रिय टाईगर लगायत उसका स-परिवार जमिनमा परेर श्वास निसासिन थालेपछि ज्यान बचाउन उफ्रिदै खोलामा पुगेको कुरा आधि उमेरको टुटु भ्यागुतेलाई जानकारी थिएन ।

चिन्ताले ग्रस्त आधि उमेरको टुटु भ्यागुते वार्ड कार्यालयमा पुगेर आफ्ना प्रिय टाईगरका परिवारलाई सकुसल फिर्ता ल्याउनु पर्ने ब्यहोरा जाहिर गरि कागजपत्र तयार पारेर बुझाएपछि पनि केहि प्रतिक्रिया नआएकाले आधि उमेरको टुटु भ्यागुते आफै प्रिय टाईगर लगायत उसका परिवार खोजी गर्न नदिनाला धाउन थाल्छ । उसले एकोईरियम फुटेपछि प्रिय टाईगरहरु कति टाडा सम्म पुग् सक्छन् भन्ने कुरा अनुमान लगाउदा ट्याकै घरकै साइडमा खोला भयेकाले प्रिय टाईगरहरु खोलामा पुगे र त्यता गएर हेर्दा कुनै प्रकारका माछाहरु नभएकाले रातिको हावाहुरिले प्रिय टाईगरहरुलाई दक्षिण तरफ बगाएर लग्यो कि भन्ने आधि उमेरको टुटु भ्यागुतेको अनुमान पक्का पक्किनै भयो जब आधि उमेरको टुटु भ्यागुतेले ब्यारेकका ढोकाहरु खुल्लै देख्यो । अब प्रिय टाईगरका परिवार श्रीमती गंगा नदी जी नै पुगे भन्ने कुरामा सोचमग्न हुदै आधि उमेरको टुटु भ्यागुते ट्या-टु ट्या-टु गर्दै ट्याक टुक वोर्डर कार्ड मिलाएर दक्षिणतर्फ प्रस्थान गर्छ ।

लेखकः कंचन संग्रौला

श्रीमती गंगा नदी जी पुग्ने बित्तिकै आधि उमेरको टुटु भ्यागुते श्री अखन्ड काल भैरव महाराजको दर्शन गरी प्रिय टाईगरहरुलाई खोज्ने र फर्किदा चैं मिठाईवाला पान खाने र प्रिय टाईगरहरुलाई पनि खुवाउने मन्नत गर्छ । आधि उमेरको टुटु भ्यागुते तीन चोटि श्रीमती गंगा नदी जीमा चुर्लुम चुर्लुम चुर्लुम डुब्की लगाएपछि प्रिय टाईगरहरुको खोजीमा श्रीमती गंगा नदी जीको एक साइडमा पुग्छ जहाँ गोरा चिल्ला ब्रिटिश माछाहरु भन्दै थिए उनीहरु उत्तर बाट आएका हट्टाकट्टा भाले माछाहरु लाई नोकर र हट्टिकट्टि पोथी माछाहरुलाई रखेल बनाउन चाहन्छन । गोरा चिल्ला ब्रिटिश माछाहरु श्रीमती गंगा नदी जीमा राज गर्न चाहन्छन् । पवित्र श्रीमती गंगा नदी जीमा गोरा चिल्ला ब्रिटिश माछाहरुको यस्तो अपवित्र कुरा सुनेपछि आधि उमेरको टुटु भ्यागुते निराश हुदै स्थान परिवर्तन गर्छ ।

श्रीमती गंगा नदी जीको अर्को स्थान जहाँ काला गोरा छोटा बडा हिन्द माछाहरुको सम्मेलन छ । काला गोरा छोटा बडा हिन्द माछाहरुले श्रीमती गंगा नदी जीलाई पवित्र बनाउनका लागि र गोरा चिल्ला ब्रिटिश माछाहरुको तानाशाहीलाई जवाफ दिनका लागि युध्द गर्नै पर्ने कुरा राख्दछन् र यसका लागि काला गोरा छोटा बडा हिन्द माछाहरु उत्तरबाट आएका हट्टाकट्टा माछाहरुको साथ र सहयोग चाहन्छन् । उत्तरबाट आएका हट्टाकट्टा माछाहरु बलबुद्धिले भरिपूर्ण हुने र साथ सहयोगको भावना राख्ने कुरा काला गोरा छोटा बडा हिन्द माछा सम्मेलनमा भइरहेकाले उत्तरबाट आएका हट्टाकट्टा माछाहरुलाई एकठ्ठा हुन आग्रह गरिन्छ ।

आधि उमेरको टुटु भ्यागुते उत्तरबाट आएका हट्टाकट्टा माछाहरु एकत्रित भएको ठाउँमा गएर आफ्ना प्रिय टाईगरहरु हराएकाले यदि कसैले देखेर खबर गरेमा काली गण्डकीको एउटा side मा रहेको पानी पुरिको डल्लो जत्रो पोखरीको टुक्रो जुन आधि उमेरको टुटु भ्यागुतेको नाममा रहेको पोखरी उपहार स्वरुप दिने वाचा गर्दछ । एक बामेले आधि उमेरको टुटु भ्यागुतेलाई प्रिय टाईगरको परिवारलाई जङ्गल तिरनै खोज्न जादा उपयोगी हुने सल्लाह दिन्छ । आधि उमेरको टुटु भ्यागुतेले जङ्गीएर प्रिय टाईगरहरु जङ्गल जान नसक्ने कुरा बामेमाछालाई बताउछ । यतिका नदीहरु पार गरी वोर्डर पास गरि केवल आफ्ना प्रिय टाईगरहरुलाई खोज्दै आफू श्रीमती गंगा नदी जी आएको कुरा आधि उमेरको टुटु भ्यागुतेले बताएपछि उत्तरबाट आएका हट्टाकट्टा माछाका समूदायहरुले प्रिय टाईगरहरुलाई समूदायनै मिलेर खोज्ने वाचा गर्दछन् ।
उत्तरबाट आएका हट्टाकट्टा माछाहरु को साथ सहयोग पाएपछि काला गोरा छोटा बडा हिन्द माछाहरुले गोरा चिल्ला ब्रिटिश माछाहरु को तानाशाहिलाई ऐतिहासिक झट्का दिए । गोरा चिल्ला ब्रिटिश माछाहरुको नामो निशान श्रीमती गंगा नदी जीमा पाइने छैन । आधि उमेरको टुटु भ्यागुते यस जल युद्धको साक्षी प्रमाण हो कि उत्तरबाट आएका हट्टाकट्टा माछाहरुको साथ र सहयोग पाएर नै श्रीमती गंगा नदी जी पुनः पवित्र हुन पुगिन तर प्रिय टाईगरहरुको भने नामोनिशान नभेटिएपछी आधि उमेरको टुटु भ्यागुतेमा नीरसता छाउन थाल्छ ।

श्रीमती गंगा नदी जी आजाद भएको खुशियालीमा काला गोरा छोटा बडा हिन्द माछाहरुले एक समारोह राख्दछन् जहाँ काला गोरा छोटा बडा हिन्द माछाहरुका लीडर मा०वाइलियर हिन्दले मन्तव्य राख्ने क्रममा उत्तरबाट आएका हट्टाकट्टा माछाका समूदायप्रति आभार व्यक्त गर्दै उनिहरुको समूदायलाई कहिल्यै पनि श्रीमती गंगा नदी जीमा कुनै किसमको आच नआउने र आजबाट उत्तरबाट आएका हट्टाकट्टा माछाका समूदाय पनि श्रीमती गंगा नदी जी कै काला गोरा छोटा बडा हिन्द माछाका समूदायमा दाखिल हुने कुरा व्यक्त गर्दछन् ।

कतिपय उत्तरबाट आएका हट्टाकट्टा माछाहरु ले आफू परापुर्व काल देखि उत्तर तर्फनै बस्दै आएकाले पर्विघर फर्किनुलाई सहयोगको माग गरेपनि काला गोरा छोटा बडा हिन्द माछाका समूदायले भने पृथिवीको भु-बनोट देखाउदै दक्षिणबाट उत्तर तर्फ जान गार्हो हुने बताउछन् । बि.एम.डबलु नाउका लागि रकम अपुग भयेको र टा.टा हवाईजहाजमा पूर्वीघर फर्किनलाई उत्तरबाट आएका हट्टाकट्टा माछाहरुको ज्यान जोखिममा हुने कुरा मा०वाइलियरले भन्छ ।

आधि उमेरको टुटु भ्यागुतेलाई ह्रदयघातले पकड्छ जब उसलाई थाहा हुन्छ कि उत्तरबाट आएका हट्टाकट्टा माछाहरुका केही समूदाय श्रीमती गंगा नदी जीमा मात्र नभएर श्रीमान् टिस्टा नदी जीमा पनि पुगेका छन् । अब श्रीमान् टिस्टा नदी जीबाट फर्कने कल्पना नगरौं । प्रिय टाईगरहरुसँग भेट हुने चाहना आधि उमेरको टुटु भ्यागुते अधुरोनै रहयो ।

आजपनि हरएक वर्षामा ४०% र हिउँदमा ६०% श्रीमती गंगा नदी जीमा उत्तरबाट आएका हट्टाकट्टा माछाहरुका समुदायहरु दक्षिण तर्फ बग्ने क्रममा देख्न सकिन्छ जसले श्रीमती गंगा नदी जीलाई सधै पवित्र राख्दछन् ।


Loading comments...