पाकिस्तान संसदमा भएको के हो? संसदमा लाग्यो मोदी नामको नारा!


पाकिस्तान । सोमबारको दिन पाकिस्तानको प्रतिपक्ष दलका नेता खवाजा अशिफ र केहि अन्य मुख्यमन्त्रीहरुले पाकिस्तानी संसदको विवादित औपचारीक विज्ञप्तीको पक्षमा मतदान गरेका थिए । यस विज्ञप्तीले फ्रान्समा मारिएका एकजना शिक्षकको हेट किलिंगका विषयमा पाकिस्तानको औपचारीक धारणा र भत्सर्ना जाहेर गर्दछ । फ्रान्सको एउटा पव्लीकेशनले पैगम्बर मोहम्मदको बिवादास्पद कार्टुन छापेपछि ईस्लामीक समर्थक देशहरु अनि समुदायमा यस्ले हलचल नै मचाएको थियो, पाकिस्तानी संसद पनि यसवाट अछुतो रहन सकेन ।

के भनेका हुन फ्रान्सका राष्ट्रपति इम्यानुयलले, जसका कारण सारा मुस्लिम देशले विरोध सुरु गरेका छन्?
यस मुद्दामा बलेको आगोमा घ्यू त त्यतिबेला थपियो जब फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रनले एक वक्तव्य दिएका थिए । म्याक्रनले गत बुधवार भनेका थिए, “पैगम्बर मोहम्मदको कार्टून प्रकाशित गर्ने सम्बन्धमा म कट्टरपन्थिहरुको सामू हार मान्नेवाला छैन ।” फ्रान्सको एक स्कूलमा सैमुअल प्याटी नाम गरेका शिक्षकले अभिव्यक्ति स्वतन्त्रता विषयमा चर्चाको क्रममा पैगम्बर मोहम्मदको कार्टून देखाएका थिए । जसपश्चात उनको हत्या भएको थियो । म्याक्रनले आफ्नो बयानमा यसलाई इस्लामिक हमलाको संज्ञा दिएका थिए । म्याक्रनले कट्टरपन्थी इस्लामिक संगठनहरुको विरुद्ध कारवाही पनि बढाउने बताएका थिए यसै सन्दर्भमा कैंयन मुस्लिम देशहरुमा विरोध-प्रदर्शन भइरहेका छन् र पाकिस्तानी संसदले पनि यस मुद्दालाई तताउन खोज्नु स्वभाविकै हो ।

पाकिस्तानी संसदमा बैठक बसेको मात्र के थियो, परराष्ट्र मन्त्री शाह मेहमुद कुरेशीले सदनलाई सम्वोधन गर्न राम्ररी माइक समात्न पनि पाएका थिएनन, संसदमा भोटिङ भोटिङ भनेर नाराबाजी लाग्यो, भोटिङको माग फ्रान्समा भएको घटनाको बिरोधमा पाकिस्तनको संसद र सरकारको औपचारीक धारणा अभिव्यक्त गर्नका लागि थियो ।

यसरी ‘भोटिङ-भोटिङ’ भनेर सासंदहरु कराउँदा ‘मोदी-मोदी’ भनेर कराएको भनि भारतीय सञ्चार माध्यमहरुले गरेको खबर सम्प्रेषण आधारहिन भएको बताइरहेका छन् भने अर्कोतर्फ पाकिस्तानमा मोदीपथको यात्राका लागि विपक्षीको दवाव सुरु भएको यो स्पष्ट संकेत हो र यो संकेतले इमरान सरकारको गद्दि नराम्ररी हल्लाउन थालेको विश्लेषण हुनथालेको छ ।

हुन त पाकिस्तानी संसदको उक्त सत्रको क्रममा मोदीको नाम नलिइएको भने हैन, परराष्ट्र मन्त्री कुरेशीले प्रतिपक्षलाई मोदिको नाम लिएर भारतपरस्त नारा लगाएको भनी आरोप लगाउँदै, “यो अत्यन्त गम्भिर विषयमा चर्चा हुँदैछ तर पाकिस्तानी नियोग तथा विभागहरुलाई कसले विवादित बनाइरहेको छ? हिन्दुस्तानको बोलि कसले बोलीरहेको छ? पाकिस्तानको हितमाथी नोक्शानी कसले पुर्र्याइरहेको छ? सम्माननीय सभामूखज्यू! आज बलूचिस्तानमा उभिएर यहिंको धरातलबाटै बलूचिस्तानको स्वतन्त्रताको नारा लाग्यो, लाज लाग्नुपर्ने तिमिहरुलाई…” लगाउँदा भारतका प्रधानमन्त्री मोदीको पथ अनि धारका कुराहरु संसदमा उठेका थिए । कुरेशी बक्तव्यका क्रममा आक्रामक देखिन्थे र मोदी तथा भारतको नाम पटक पटक लिइएकोमा प्रतिपक्षलाई देशविरुद्ध घोर अपमान गरेको कुरा दोहोर्र्याइरहेका थिए । यसले पनि स्पष्ट हुन्छ की संसदको उक्त सत्रमा भोटिङ सोटिङ हैन वास्तवमैं प्रतिपक्षले मोदी मोदीको नारा लगाएका थिए ।

पछि सरकार पक्षका सांसदहरुले उर्दूमा भारत तथा मोदीका विरुद्ध ब्यापक नारावाजी पनि गरेका थिए ।


Loading comments...