लसुनको फाइदा तथा बेफाइदाहरु


स्‍वास्‍थ्‍यवर्द्धक तथा औषधीय गुणहरुका कारण नियमित भोजनमा लसुनको उपयोग तथा उपभोग गर्ने गरिन्छ । परिकारहरुमा लसुनले खानाको स्‍वाद बढाई दिन्छ । यो केवल नेपाल तथा भारतमा मात्र हैन यो संसारभरका धेरै व्यञ्जनहरुलाई फरक स्वाद दिनका लागि किसिमले लसुनको प्रयोग हुने गरेको छ । लसुन मूल रूपले मध्य एशिया बाट आएको मानिन्छ । यसको इतिहास धेरै प्राचीन तथा ब्यापक छ । संयुक्त राज्य अमेरिकाको कृषि विभागका अनुसार खेती योग्य उब्जनीहरुमा सबैभन्दा पुरानो वालीहरुमा लसुनको नाम पनि समावेश छ ।

Benefits and Side Effects of Garlic (Lasun)

मुख्यतः प्राचीन नेपाल तथा भारतमा लसुनको प्रयोग औषधीय तथा भोक बढाउनका लागि प्रयोग गरिदै आइएको छ । तपाईंलाई एउटा जानकारीले आश्‍चर्य हुनसक्छ कि ग्रीसमा केहि देवताहरुका लागि लसुन प्रसादको रुपमा प्रयोग गर्ने गरिन्छ । इतिहासकारहरुका अनुसार कैंयन वर्षपूर्व ग्रीस ओलम्पिक खिलाडीले खेलमा आफ्नो प्रदर्शन उत्कृष्ट गर्नका लागि लसुनको सेवन गर्ने गरेका थिए ।

लसुनको प्रयोगको इतिहास
इरान, तिब्‍बत, इजराइल, पर्शिया जस्ता देशहरुमा लसुन औषधीय गुणका लागि परिचित छ । लसुनलाई ‘प्राकृतिक एन्टीबायोटिक’ पनि भन्ने गरिन्छ । यस बाहेक संसारभरका स्वास्थ्य विशेषज्ञहरुले यसलाई ‘प्‍लान्ट तिलिस्‍मान तथा रशियन पेनिनसिलिन (एकखालको रोगनाशक औषधि) को नाम दिएको छ । वास्तवमा मिस्रको शिलालेखहरुमा उल्लेख गरिएका सन्देशहरुलाई हेर्ने हो भने प्राचिन मिस्रमा पिरामिडको निर्माणमा संलग्न गुलामहरुका लागि लसुनको प्रयोग सप्‍लीमेन्टका रूपमा गर्ने गरिन्थ्यो । यही कुराबाट पनि बुझ्न सकिन्छ की लसुनसँग स्वस्थ्य जीवनको नाता धेरै गहिरो छ ।

के तपाईंलाई थाहा छ?
आयुर्वेदमा छ: स्‍वादको वर्णन गरिएको छ, जिसमध्ये पाँचौ स्‍वादमा लसुन उल्लेख गरिएको छ । लसुनमा पिरो, नुनिलो, मीठो, टर्रो तथा ल्यासल्यासे स्‍वादको हुन्छ । यसमा केवल अमिलो स्‍वाद हुन्न, तर लसुनबाट तयार पारिएको अचार भने उत्कृष्ट स्वादको हुन्छ ।

लसुनका बारे केही तथ्‍य:
वानस्‍पतिक नाम: एलियम सैटिवुम
कुल: एलिएसी
सामान्‍य नाम: लसुन, लहसुन, गार्लिक
संस्‍कृत नाम: अशोभक
उपयोगी भाग: गाँठो (लसुनको पोटीहरु सहितको एउटा सिङ्गो गाँठो)
भौगोलिक विवरण: लसुन मूल रूपले एशियासँग सम्बन्धित छ । लसुनको खेती नेपाल, भारत, चीन, यूरोप, इरान तथा मेक्‍सिकोमा गर्ने गरिन्छ ।
गुण: न्यानो

लसुनको फाइदा
लसुन मुटुको स्वास्थ्यका लागि एक उत्कृष्ट आहार मानिएको छ । यसको प्रयोगले रक्तसञ्चारमा सुधार ल्याउँछ, कोलेस्ट्रोलाई कम गर्न तथा हृदय रोगलाई रोक्नमा सहयोग गर्दछ । लसुन एथेरोस्क्लेरोसिस (धमनीकलाकाठिन्य) को विकास या धमनिहरु कडा हुने गतिलाई न्यून गर्न सहयोग गर्दछ । यो हृदयघात या स्ट्रोकको जोखिमलाई कम गर्न पनि सहयोगी मानिएको छ ।

  • लसुनको प्रयोगले हृदय स्वास्थ्यमा सुधार गर्छ
  • लसुनको गुणमा हाई बीपीलाई नियन्त्रित गर्नका लागि पनि लाभदायी मानिन्छ
  • लसुनको प्रयोगले गठिया (Arthritis) को पीडालाई पनि कम गर्छ
  • लसुनको उपयोगले प्रतिरक्षा प्रणालीलाई बढाउँछ
  • लसुन खानुको फाइदा, रुघाखोकीको प्रभावकारी उपचार हो
  • काँचो लसुन खानुको फाइदा भनेको चिसो तथा ग्यास्ट्रिकसँग सम्बन्धित रोगहरुमा प्रभावकारी छ
  • लसुनको सेवन एलर्जीमा फाइदाजनक छ
  • लसुन खानाले दाँतको पीडाबाट पनि राहत दिन्छ
  • लसुनको प्रयोग पाचन प्रक्रिया लाभदायी छ
  • लसुनको औषधीय गुण क्यान्सरलाई रोकनमा पनि सहायक मानिन्छ
  • लसुनको नियमित प्रयोगले शरिरको तौल कम गर्दछ

लसुनका बेफाइदाहरु
लसुनको नियमित उपभोगका कैंयन फाइदाहरु त छदैछ तर यसका साथै यसमा स्वास्थ्यका लागि केही नराम्रा गुण पनि रहेका छन्, जसको ज्ञान यसको उचित तथा सही किसिमले प्रयोग गर्न तथा लसुनका बेफाइदाहरुबाट बच्न आवश्यक छ । लसुनको साइड इफेक्ट्सलाई अथवा बेफाइदाहरु के के छन् त?

  • लसुनको उपभोगले ब्लोटिङ्ग, पेट फुल्ने (ढुस्स हुने), ग्याँस, पेटको समस्या, सांस गन्हाउने तथा शरीर गन्हाउने जस्तो समस्या पनि रहेका छन् । यदि तपाईंमा पेट अथवा पाचन सम्बन्धी समस्या छ भने सावधानी अपनाएर मात्रै लसुनको उपयोग गर्नुहोस् ।
  • यो एक स्कन्दनरोधी (रगत पातलो गर्ने) को रुपमा काम गर्दछ । लसुनले रगत पातलो गर्ने औषधिहरुको प्रभावकारीतामाथी असर गर्नसक्छ ।
  • लसुनको सेवन गर्नाले तपाईंको शरीर तथा मुखबाट दुर्गन्ध आउन सक्छ ।
  • लसुनको पूरक या सप्लीमेन्ट्सको सेवन गर्भवती महिलाहरुले नगरेकै उचित ।
  • लसुन वाटरिन, एन्टीप्लेटलेट, साक्विनावीर, एन्टीहाइपरटेन्सिव, क्याल्शियम च्यानल ब्लकर तथा एन्टीबायोटिक औषधिहरुको प्रभावकारीतामा असर गर्नसक्छ, त्यसकारण, लसुनको सेवन गर्नुअघि एकपटक चिकित्सकीय परामर्श अवश्य लिनुहोस् ।

कहिलेकाहीं यसको अत्यधिक उपयोग गर्नाले पेट सम्बन्धी कैंयन समस्याहरु देखिन्छन् । गर्मिमा यसको उपयोग कम गरेको राम्रो हो, यो आफैमा एउटा न्यानो असर गर्ने खानेकुरा भएको हुँदा विशेषत यसको उपयोग चिसो मौसममा गर्न सल्लाह दिइन्छ ।

यदि कसैलाई लसुनका कारण तत्काल कुनै समस्या देखिएमा त्यस व्यक्तिलाई धनिया, कागती, पुदीना जस्ता कुनैपनि कुराहरु खान सल्लाह दिइन्छ । यसमा सल्फरको मात्रा हुने भएकोले केहीलाई यसको सेवनबाट एलर्जी हुनसक्छ, जसका कारण कैंयन समस्याहरु हुनसक्छ । यसकारण जसलाई यसको सेवनको कारण एलर्जी भएको  महसूस हुन्छ अथवा जो यसको एलर्जिक छन्, उनीहरुले लसुनको सेवन नगरेकै वेस ।

लाइभमाण्डू


Loading comments...