
महामारीको समयमा किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल?
१५ कार्तिक २०७७, शनिबार २०:५०
काठमाण्डौ । सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीले प्रभावित भारतले नेपाललाई महामारीविरुद्ध लड्न सहयोग प्रदान गर्दैआएको छ ।
महामारीका लागि भारत सरकारले पटक-पटक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । भारतीय सेनाले पनि नेपाली सेनालाई कोभिड-१९ विरुद्ध लड्नका लागि स्वास्थ्य उपकरण प्रदान गरेको थियो ।
यहीबीच भारतीय सेना प्रमुख नोभेम्बर ४ देखि ६ सम्म तीन दिन नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा आउने भएका हुन् ।
उनी यसअघि नै नेपाल भ्रमणमा आउने तय भए पनि लकडाउनका कारण उक्त भ्रमण स्थगित भएको थियो । भारतीय सेनाध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनाप्रमुखको उपाधि प्रदान गर्ने छन् ।
नेपाल-भारत दुबै मुलुकका सेना प्रमुखलाई एक-अर्काको मुलुकको मानार्थ सेना प्रमुखको उपाधि दिने प्रचलन रहेको छ । नेपालका प्रधानसेनापति थापाले यसअघि नै भारतको मानार्थ सेनाप्रमुखको उपाधि प्राप्त गरिसकेका छन् ।
नेपाल-भारत सीमा समस्याले गर्दा दुबै मुलुकको सम्बन्धमा दरार पैदा भएको भन्दै प्रचार गरिएका बेला भारतीय सेना प्रमुखको नेपाल भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतकारुपमा रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए ।
भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणले दुबै मुलुकको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उधोगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ । नागरिकता विधेयक फिर्ता पठाएपछि अब नागरिकता विधेयक को योजना कस्तो हुन्छ र
काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको