
भारतद्वारा नवलपुरस्थित भिमसेन आदर्श उच्च माध्यमिक विद्यालय निर्माण
१८ कार्तिक २०७७, मंगलवार १६:२०
काठमाण्डौ । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु २.५८३ करोड आर्थिक सहयोगमा निर्माण भएको भिमसेन आदर्श उच्च माध्यमिक विद्यालयको नव निर्मित विद्यालय भवनको काठमाडौं स्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधि, विद्यार्थी एवम् विद्यालय परिवारद्वारा आज संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरिएको छ ।
नवलपुर जिल्लाको देवचुली–७ मा अवस्थित यस विद्यालयको स्थापना सन् १९६९ मा भएको हो र यहाँ कक्षा १२ सम्म अध्यापन गराइन्छ । यस विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये ५५ प्रतिशत भन्दा बढी छात्राहरु अध्ययनरत छन् ।
भारत सरकारको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको यस विद्यालय भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन तथा कर्मचारी कक्ष, बैठक कक्ष, चमेना गृह, औषधी कक्ष र सरसफाइ सुविधा रहेको छ ।
साविकको साना विकास परियोजना र हाल उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) अन्तर्गत निर्माण गरिएको यस विद्यालय भवन शिक्षाको क्षेत्रमा भारत र नेपालले गर्दै आएको सहकार्यको अर्को एउटा उदाहरण हो । यस परियोजनाले शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्याएको छ ।
1/2:
New school building of Bhimsen Adarsha Hr 2ndry School, Devchuli, Nawalpur District built with Indian grant of NRs 25.83 mil, under Nepal-Bharat Maitri Development Cooperation, was jointly inaugurated via video-conferencing today. pic.twitter.com/iaai54GqS8— IndiaInNepal (@IndiaInNepal) November 2, 2020
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा
नेपालमा सङ्घीयता र गणतन्त्र त आयो तर यी व्यवस्थाहरूले मुलुकलाई आर्थिकरूपमा कुनै पनि किसिमको फाइदा पुर्याउन सकेको देखिएको छैन। यस